११ श्रावण २०८१, शनिबार

ताप्लेजुङ, संखुवासभा र पाँचथरमा बाढीपहिरो पीडितलाई राहत र उद्दार गर्न माग

0

काठमाडौ / बाढी पहिरोका कारण ताप्लेजुङ, संखुवासभा र पाँचथरमा ज्यान गुमाउने तथा वेपत्ता भएका र घाइते हुने नागरिकको उद्दार र राहतका लागि नेपाल कम्युनिस्ट पार्टीले सरकारसङ्ग माग गरेको छ।नेकपा प्रवक्ता प्रकाण्डद्वारा वेपत्ताहरुको खोजी गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न र अन्य क्षति भएका नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न माग गरिएको हो।

गएराती आएको बाढी पहिरोले ताप्लेजुङ , संखुवासभा र पाँच थरमा गरि १९ जना वेपत्ता हुनुका साथै ठुलो धनजनको क्षति भएको जानकारी प्राप्त भएको छ।

पीडितहरुको उद्दार र राहात कार्यमा जुट्न समेत नेपाल कम्युनिस्ट पार्टीले स्थानीय पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।