२३ भाद्र २०८१, आईतवार

सोमबारसम्म भारी वर्षा, मनसुन पश्चिमतिर सर्दै

0

मुसलधारे वर्षाको कारण शनिबार एकै दिन ९ जनासहित असारभित्र द्दछ जनाको ज्यान गइसकेको छ । वर्षात्को धेरै प्रभाव काठमाडों उपत्यका, लुम्बिनी र गन्डकी प्रदेशमा परेको छ ।

शनिबार राजधानीको जनजीवन अस्तब्यस्त भयो । अरनिको, पृथ्वी, विपी, पाशाङ ल्यामु, बुटवल, पाल्पालगायत राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू यत्रतत्र अलपत्र भएका छन् । पहिरोले काठमाडौंमा १ जना, गण्डकीमा ८ जना र २ वेपत्ता छन् । शनिबार नारायणी नदीले खतराको सीमा पार गरेकोले तटिय भागका नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले सूचना जारी गरेको थियो। गण्डक नहरका सबै ढोका खोलिएको छ ।

कर्णाली राजमार्ग अवरुद्ध भएको छ भने हवाई यातायात पनि मंगलबारदेखि नै बन्द छन् । माथिल्लो तामाकोशीसहित कयौं जल विद्युत आयोजनाको उत्पादन बन्द भएका छन् । बाढी/पहिरोको प्रभाव सोमबारसम्म नै रहने र मनसून पूर्वमा कम हुँदै पश्चिमतिर सर्दै जाने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।