२३ भाद्र २०८१, आईतवार

क्षती न्यूनीकरण गर्न र बाढीमा फसेकाहरुको उद्दार गर्न सबै जुटौं : नेकपा दाङ

0

हेमन्त प्रकाश वली ।
तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले प्राकृतिक विपत्तिले निम्त्याएको क्षती न्यूनीकरण गर्न र बाढीमा फसेकाहरुको यथासिघ्र उद्दार गरि राहत उपलब्ध गराउन सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

पार्टीका जिल्ला सचिव तिलक सीले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन् ।

नेकपाका जिल्ला सचिव तिलक सीद्वारा जारी प्रेस विज्ञप्तिमा अविरल वर्षाले दाङ लगाएत देशभरको जनजीवन अस्तव्यस्त बनाएकाले जनधनको क्षती भइरहेका दुखद खबरहरु सार्वजनिक भइरहेको जनाइएको छ ।

साथै विज्ञप्तिमा बाढीले दु:ख दिइरहेका नागरिकहरुको जीवन रक्षा गर्न र आवश्यक उद्दार, राहतको भरपर्दो व्यवस्था मिलाउन सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।

सहयोगको लागि नेपाल कम्युनिस्ट पार्टी दाङको एकीकृत जनसहायता घुम्ती टिमले पनि आफ्नो काम गरिरहेको छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक विपत्तिले निम्त्याइरहेको क्षती न्यूनीकरण गर्न र बाढीमा फसेकाहरुलाई यथासिघ्र यथासिघ्र उद्दार गरि राहत उपलब्ध गराउन सबैले सहयोग गरौं ।’

प्रेस विज्ञप्तिको पूरा पाठ:-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।