३० आश्विन २०८१, बुधबार

बाँकेमा नेकपाको संगठन गठन पूनर्गठन अभियान तिव्र, जिल्लामा ९ संगठनको निर्माण

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले जिल्लामा ९ वटा नयाँ पार्टी संगठनको निर्माण गरेको छ । नेकपा बाँकेले करिब एक महिनादेखि जिल्लामा सञ्चालन गरेको ‘संगठन गठन पूनर्गठन, सुदृढ तथा विस्तार अभियान’ को शिलशिलामा ९ वटा नयाँ पार्टी संगठनहरु निर्माण गरेको हो ।
नेकपाले जिल्लाका ८ वटा पालिकाहरु मध्य ६ वटा पालिकामा पालिकास्तरिय संगठन निर्माण गरेको छ भने २ वटा पालिका खजुरा र जानकीमा गठन गर्न बाँकी छ । जिल्लामा ३ वटा वडाहरुमा नयाँ पार्टी संगठनहरु निर्माण गरेको जनाएको छ ।
अभियानका क्रममा गत भाद्र १८ गते कोहलपुर नगरपालिकामा अशोक सी सेक्रेटरी रहने गरी नेकपाले ९ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
नेकपाले राप्ती सोनारी गाउँपालिकामा ठग्गु प्रसाद पोखरेल सेक्रेटरी हुने गरी असोज ३ गते ९ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
यस्तै नरैनापुर गाउँपालिकामा गुलम महत सेक्रेटरी हुने गरी असोज ५ गते ९ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
नेकपाले डुडुवा गाउँपालिकामा पनि पालिकास्तरीय कमिटी गठन गरेको छ । त्यहाँ असोज ७ गते राधेश्याम कुर्मी सेक्रेटरी हुने गरी १३ सदस्यीय पालिका स्तरिय कमिटी गठन गरेको हो ।
नेकपाले नेपालगन्ज उप –महानगरपालिकामा सागर सी सेक्रेटरी हुने गरी २१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
यस्तै जानकी गाउँपालिकामा असोज १४ गते अञ्चल भाट सेक्रेटरी हुने गरी ९ सदस्यीय पालिका कमिटी गठन गरेको छ । नेकपाले कोहलपुर नगरपालिकाका तीनवटा वडा वडानम्वर ४, ५ र ११ मा क्रमशः ९, ७ र ११ सदस्यीय वडा पार्टी कमिटी समेत गठन गरेको जनाएको छ ।
नेकपा बाँकेका जिल्ला इन्चार्ज तथा पिबिएम रक्तिम सीले बाँकेमा पार्टी जनताको घरदैलोमा फर्किएको दाबी गरे । उनले पार्टी संगठन निमार्णका लागि आफै पालिका–पालिका र वडा–वडाहरुमा पुगेकोे बताए । उनले अभियानका क्रममा सहिद परिवार, बेपत्ता परिवार, घाइते योद्धा, पुराना माओवादी कार्यकर्ता र जनतासंग भेटघाट तथा साक्षात्कार गरेको बताए ।
अभियानमा जिल्लाको सेक्रेटरी, सीसीएम नारायण लम्साल, समिर, केन्द्रीय प्रतिनिधि समिति सदस्य सलमान, भगत लगायतका नेता कार्यकर्ताहरु खटिएको इन्चार्ज रक्तिमले जानकारी दिए ।
उनले जिल्लामा जनतामा नेकपाप्रति जनताको आकर्षण बढेको पाइएको बताए । डुडुवा गाउँपाकिलामा जनताले ‘विप्लव आउ देश बचाउ’ सम्मको नारा लगाएको बताए ।
उनले अभियानका क्रममा साम्राज्यवादका विरुद्ध लड्न, दलाल पुँजीवादका विरुद्ध लड्न सबै कम्युनिष्टहरु एकताबद्ध हुनुपर्ने र एकीकृत जनक्रान्तिको मोर्चामा लामबद्ध हुनुपर्ने जनतासम्म भनेको बताए ।
उनले जनपत्रिकासंग भने ‘जनता नेकपाबाट आसा गरेको छ, आकर्षण छ, तर हामी जनतासम्म पुग्न नसकेर जनता अन्यौल छ, जनतालाई संगठित गर्न र पार्टीको कुरा बुझाउन घरदैलोमा जानु पर्छ ।’
नेकपा बाँकेले खजुरा र बैजनाथ गाउँपालिकामा पनि छिट्टै पालिका स्तरिय पार्टी कमिटी गठनको तयारी गर्ने जनाएको छ । बाँकेमा पार्टी संगठन व्यवस्थित बनाउन जिल्ला पार्टीले सञ्चालन गरेको अभियान प्रभावकारी रुपमा जारी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।