३० आश्विन २०८१, बुधबार

सामना सांस्कृतिक अभियानको प्रस्तुति आज बुटवलमा

0

बुटवल: देशमा बढ्दै गएको संकटको सामना र समाधानका लागि जनयुद्ध घटक पार्टीहरूको संयुक्त सांस्कृतिक कार्यक्रम बुधबार बुटवलमा हुँदैछ ।
बुधबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता मणी थापाले जनयुद्धलाई हिंसात्मक द्वन्दको नाममा परिभाषित गर्नुहुन्न भन्दै क्रान्तिकारीहरूले उठाएका मुद्दाहरु सबै समाधान भइ नसकेको बताए । उनले हरेक परिवर्तनहरूमा लेखक, कलाकार, कविहरूको प्रमुख भूमिका हुनेहुँदा सांस्कृतिक कार्यक्रममार्फत अभियानमा लागेको बताए । उनले देश कमजाेर हुँदा बाहिरी शक्तिहरुले प्रभाव जमाउने हुनाले सशक्त भएर अगाडि बढ्न आग्रह गरे ।
बुधबार दिउँसो १२:३० बजे बुटवल उद्योग वाणिज्य सङ्घको सभालमा हुने सांस्कृतिक कार्यक्रममा सहयोग गर्न चाहने व्यक्तिहरूले २००, ५०० र १००० रुपैयाँ सहयोग गर्न सक्ने र प्रवेश खुल्ला राखिएको कार्यक्रम संयोजक आरोह शीले बताए। उनले हामी गाइरहन्छौं क्रान्तिका गीत भन्ने नाराका साथ संचालित सामना साँस्कृतिक अभियान मार्फत देश र नागरिकका समस्या समाधानका लागि सचेतनामूलक सांस्कृतिक कार्यक्रम मार्फत देशभर पुग्ने बताए ।
असोज ११ गते हेटौंडाबाट सुरुवात गरिएको अभियान हेटौंडा चितवन, नवलपुर, भरतपुरको क्यान्सर हस्पिटल हुँदै आज बुटवल आइपुगेको जसमा नागरिकको सहभागिता उल्लेख्य रहेको र सबै सहभागी हुन सकिने महासंघका केन्द्रीय अध्यक्ष माइला सीले बताए ।
विप्लव नेतृत्वको नेकपाको मुख्य नेतृत्वमा संचालित अभियानको माओवादी जनयुद्ध घटक संगठनका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको सहभागितामा सम्पन्न पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन जनसाँस्कृतिक महासंघकी सचिव बिहानी सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।