२१ मंसिर २०८१, शुक्रबार

नेकपाकाे ११ औँ पार्टी पुर्नगठन दिवस धनुषामा पनि मनाइयाे

0

नेपाल कम्युनिष्ट पार्टीको ११ औँ पार्टी पुर्नगठन दिवस धनुषामा पनि मनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी धनुषा जिल्ला समितिको आयोजनामा धनुषाधाम नगरपालिका वडा नं. १ को रेडकस श्रमिक बस्तीमा भव्य रूपमा मनाइएकाे छ ।
उक्त कार्यक्रमको अध्यक्षता पार्टीका पिबिएम सदस्य तथा धनुषा जिल्ला इन्चार्ज देवनारायण सीले गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेश सदस्य दिपेन्द्र सी, बिमल सी, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) धनुषा जिल्ला अध्यक्ष दिपक यादव, देवसागर दास, सुनिल कापर, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) का लेखा समिति सदस्य रामवावु यादव, नेकपा धनुषा जिल्ला समिति सदस्य रामजी सी, लाल सी, पलट सी, फुलकुमारी सी, कमल देव सी, अखिल (समाजवादी) धनुषाका अध्यक्ष रमण सी लगायतले नेपाली जनताको समस्या र समाधानको निम्ति नेपाली विशेषताको समाजवाद र वैज्ञानिक समाजवादको व्यवस्था कायम हुनुपर्ने बताए । उनीहरूले दलाल बुर्जुवा प्रतिकियावादी व्यवस्थाको अन्त्य अनिवार्य हुने र जनताको सत्ता समाजवादी व्यवस्था कायम भएरै छाड्ने जिकिर गरे ।  

कार्यक्रमको सञ्चालन मधेश प्रदेश सदस्य गौरी सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।