९ माघ २०८१, बुधबार

बल बहादुर सीको स्मृतिमा त्रीरोपण

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीका दिवंगत बुवा बल बहादुर सीको स्मृतिमा त्रीरोपण सम्पन्न भएको छ ।
मंगलबार शान्तिनगर-३ भलानेटीस्थित जनता अधारभूत विद्यालय परिसरमा त्रीरोपण गरिएको हो ।

नेकपाले अवलम्बन गरिरहेको सी जातीको ‘सी संस्कृति’ अनुसार मृत्यु संस्कारको दोस्रो दिन त्रीरोपण (फल, फुल र जडिबुटी)को विरुवा रोपण गर्ने नीति अनुसार वृक्षारोपण गरिएको पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य मनोज सीले जानकारी दिए ।

त्रीरोपण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्यहरु प्रदिप सी, पाटन सी, तिलक सी, निर्मल सी लगाएत केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु, पार्टीका नेताकार्यकर्ता एवम दिवंगत बुवा बल बहादुरका सीका परिवार, इस्टमित्र, आफन्तजन, विद्यालयका प्रअ. ठग प्रसाद पुनसहित विद्यालयका शिक्षक-शिक्षिका तथा स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

‘सी संस्कृति’ अनुसार मृत्युु संस्कारलाई परम्परागत ढंगले मनाउँदै बोझिलो र अप्ठ्यारो बनाउन नहुने नेकपाको तर्क रहेको छ ।
पार्टीले पुरानो परम्परागत जातीको विकल्पमा नयाँ कम्युनिस्ट- साम्यवादी जाती ‘सी जाती’को निर्माण गरेको छ । जसको अर्थ सम जाती, समान जाती, साम्य जाती वा कम्युनिस्ट जाती हो ।

सी जातीको ‘सी संस्कृति’ अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने नेकपाको निर्णय हो ।
जसमा मृत्यु भएको पहिलो दिन मृतकको पार्थिव शरीरको अन्त्येष्टि गर्ने, दोस्रो दिन मृतकको स्मृतिमा त्रीरोपण (फल, फुल र जडिबुटी) रोपण गर्ने, तेस्रो दिन गरिब, असहाय एवम अशक्तलाई लत्ताकपडा वितरण गर्ने, चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाचौं दिन अर्थात अन्तिम दिने शोक सभा एवम श्रद्धाञ्जली गर्ने नीति छ ।

यस्तै मृतक बल बहादुर सीको स्मृतिमा गरिएको त्रीरोपण कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य मनोज सीले गरेका थिए ।

नेकपाका पुराना इमानदार पार्टी सदस्य बल बहादुर सीको माघ ७ गते उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ७४ वर्षको उमेरमा दुखद निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।