काठमाडौँ – अखिल नेपाल महिला संघ क्रान्तिकारीको छैटौं पूर्ण बैठक आजदेखि सुरु भएको छ । शुक्रबार अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा पोखरामा सुरु भएको हो ।
बैठकमा समाजवादका लागि महिलाहरूलाई व्यापक रूपमा गोलबन्द गरौं! संगठनमा जोडिदै आठौँ राष्ट्रिय सम्मेलनको तयारी गरौँ !!भन्ने मूल नाराका साथ सुरु भएको बैठकमा अध्यक्ष बन्धु सीले बैठकका एजेण्डा तथा प्रस्तावहरु प्रस्तुत गरेकी छिन् ।
बैठकमा देशभरबाट उपस्थित भएका केन्द्रीय सदस्यले आ -आफ्नो कार्यक्षेत्रको राजनैतिक, वैचारिक, सांगठनिक, आर्थिक, उत्पादन, संघर्षका योजना कार्यान्वयन गर्दा पैदा भएका उपलब्धी समस्या, प्रभाव र प्रस्तावमाथि आफ्ना धारणा राखिरहेका छन् ।
पोखरामा जारी छैटौं पूर्ण बैठकमा नेकपाकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सी, नेकपा पोलिटब्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज आस्था सीको आतिथ्यता रहेको छ ।