११ फाल्गुन २०८१, आईतवार

क्रान्तिमा नयाँ विकास गर्ने एकीकृत जनक्रान्तिको स्कुल हो : विषम सी

0

जुम्ला । नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिधनी प्रदेश इन्चार्ज विषम सीले क्रान्ति गर्ने मात्र नभई नयाँ विकास गरेर सफलतासम्म लिने स्कुल एकीकृत जनक्रान्तिको स्कुल भएको बताएका छन् ।
नेकपा कर्णाली प्रदेशले जुम्लामा संचालन गरेको ५ दिने स्कुलिङ्ग कार्यक्रमको समापन कार्यक्रममा बाेल्दै स्थायी समिति सदस्य विषम सीले क्रान्ति गर्ने मात्र होइन नयाँ विकास गरेर सफल पार्ने स्कुल नै एकीकृत जनक्रान्तिको स्कुल भएको बताएका हुन् ।
उनले क्रान्ति गर्ने भन्ने तर विकास नगर्ने, क्रान्ति सफलतासम्म पनि नपुर्याउने स्कुल क्रान्तिकारी स्कुल नभएको भन्दै क्रान्तिका नयाँ स्कुल आवश्यक भएको बताए ।
उनले राजनीतिक क्रान्तिसंंगै आर्थिक क्रान्ति र सांस्कृतिक क्रान्ति गर्नु पर्छ भनेर नेकपाले नयाँ स्कुलको विकास गरेको दाबी गरे ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य कर्णजीत बुढाले पार्टीको नयाँ जिम्मेवारी पूरा गर्न आग्रह गरे ।
उनले स्कुल नयाँ भएको भन्दै स्कुलमा सिकेको कुरा व्यवहारमा लागु गर्न निर्देशन दिए । समापन कार्यक्रममा नेकपाका स्कुल विभागका प्रमुख भेषराज सीले स्कुलले नयाँ ज्ञान दिएको बताए । उनले समय अभाव भएपनि स्कुल राम्रो भएको उल्लेख गरे ।
स्कुलिङ्ग गत फागनु ६ गतेदेखि चलेको थियो । स्कुलमा दर्शन, अर्थशास्त्र, वैज्ञानिक समाजवाद, समाज विज्ञान, भौतिक विज्ञान लगायतका बारे विषयगत ज्ञान दिएको थियो । स्कुलमा कालिकोट, जुम्ला, मुगु र हुम्लाका गरी करिव ४० जनाका सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकपामा नेकपाका स्थायी समिति सदस्य तथा प्रशिक्षक भरत सी, प्रशिक्षक असल, तिर्थ, प्रयास सी लगायतको सहभागिता रहेको थियो ।
नेकपाका स्थायी समिति सदस्य सुशिल सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विवेक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।