
दाङ । नेकपा निकट अखिल (समाजवादी) को रोल्पा र दाङका दुई क्याम्पसमा प्यानल नै सर्वसम्मत विजयी भएका छन् ।
बिहीबार अन्तिम नामावली सार्वजनिकका क्रममा सहमति अनुसार रोल्पाको सहिद स्मृति क्याम्पस र दाङको सिद्ध रत्ननाथ क्याम्पसमा अखिल (समाजवादी) को प्यानल नै सर्वसम्मत विजयी भएका हुन् ।
रोल्पाको थवाङस्थित सहिद स्मृति क्याम्पसमा सभापतिका उम्मेदवार स्वर्णीम रोका मगरको प्यानल नै विजयी भएको हो ।
जसमा प्रत्यक्षतर्फ अखिल (समाजवादी) बाटै सचिव प्रकृति झाँकी मगर, कोषाध्यक्ष वीरशक्ति बुढामगर, सदस्य प्रगति रोका मगर, निरास्ती रोका मगर र विशाल बुढामगर निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै समानुपातिकतर्फ अखिल (समाजवादी) कै चाहाना बुढा मगर, लिफङ रोका मगर, सकुशल रोका मगर, धनराशी घर्ति मगर र विशेष बुढामगर निर्वाचित भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै दाङको सिद्धरत्ननाथ क्याम्पसमा अखिल (समाजवादी) का उम्मेदवार मनोज केसीको प्यानल नै सर्वसम्मत विजयी भएको छ ।
जसमा सचिव रितु कुमारी कुमाल, कोषाध्यक्ष रविन खड्का, सदस्यहरुमा ममता बुढा मगर, देवा बस्नेत, रक्षा बस्नेत, गंगा कुमारी महरा क्षेत्री र विपिन चौधरी विजयी भएका छन् ।
त्यसैगरी समानुपातिकतर्फ पनि अखिल (समाजवादी) कै विशाल खड्का, कृतिका डाँगी, सुर्जराज चौधरी, युवराज जैसी, गोमा आचार्य, रविना चौधरी र विहानी श्रेष्ठ निर्वाचित भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
यो सहित अखिल (समाजवादी)ले ३ सभापति हात पारेको छ । ३ सभापति, १२ पदाधिकारी, २० सदस्यसहित ३५ पदमा अखिल (समाजवादी) ले यो समाचार तयार पार्दासम्म सफलता हात पारेको छ ।
यसैबीच महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (समाजवादी) ले सहायक सचिव र तीन सदस्यमा सर्वसम्मत विजयी हासिल गरेको छ ।
राप्तीकै एक मात्र त्रिभुवन विश्वविद्यालयकाे आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्ववियु निर्वाचन सर्वसम्मत रुपमा सम्पन्न भएको छ ।
साे निर्वाचनमा अखिल (समाजवादी) को तर्फबाट स्ववियु सहसचिव सचिव दिपक केसी, स्ववियु सदस्यहरु खुम रिजाल, दिनेश डांगी, विकास खड्का सर्वसम्मत निर्वाचित भएका हुन् ।