१ चैत्र २०८१, शुक्रबार

अखिल (समाजवादी) ३ सभापति,१६ पदाधिकारी र २६ सदस्यसहित ४५ पदमा विजयी

0

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले आजसम्म स्ववियु निर्वाचनमा देशभर ३ सभापति,१६ पदाधिकारी र २६ सदस्यसहित ४५ पदमा विजयी हासिल गरेको छ ।
अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीले देशभर आजसम्म आफ्नो संगठनले स्ववियु निर्वाचनमा सभापति ३, उपसभापति २, सचिव २, सहसचिव ६, कोषाध्यक्ष ६ र सदस्य २६ गरी ४५ पदमा विजयी हासिल गरेको बताए ।
अखिल (समाजवादी) ले रोल्पाको थवाङमा रहेको सहिद स्मृति क्याम्पस, दाङको सिद्ध रत्ननाथ क्याम्पस र प्युठानको झिमुरुक क्याम्पसमा सभापति हात पारेको छ ।
सहिद स्मृति क्याम्पसबाट स्वर्णीम रोका मगर, सिद्ध रत्ननाथ क्याम्पसबाट मनोज केसी र झिमुरुक क्याम्पस बाग्दुलाबाट कमल रोका क्षेत्री सभापति पदमा सर्वसहमत विजयी भएका हुन् ।
रोल्पाकोे सहिद स्मृति क्याम्पस र दाङको सिद्ध रत्ननाथ क्याम्पसमा अखिल (समाजवादी) को पुरै प्यानलसहित सर्वसहमत विजयी भएको छ ।
अखिल (समाजवादी) देशभरका विभिन्न क्याम्पसमा गरी उपसभापति २, सचिव २, सहसचिव ६, कोषाध्यक्ष ६ र सदस्य २६ पदमा सर्वसहमत विजयी भएको छ ।
चैत्र ५ गते सहमति नभएका क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनमा कहि समाजवादी मोर्चा आवद्ध दलहरुका विद्यार्थी संगठनसँग तालमेत भएको छ भने कहि एक्ला एक्लै अखिल (समाजवादी) चुनावी मैदानमा छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।