९ बैशाख २०८२, मंगलवार

सिन्धुपाल्चोकद्वारा प्रतिगामी षडयन्त्रविरुद्ध मसाल जुलुस प्रदर्शन

0

नेपाल कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकले प्रतिगामी षडयन्त्रविरुद्ध लामाेसाघुमा मसाल जूलूस प्रदर्शन गरेको छ । नेकपा सिन्धुपाल्चोकले बुधबार पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा मसाल जूलूस प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो ।
प्रतिगामी एवम पश्चगामी षडयन्त्रको विरुद्धको मसाल जूलूस जिल्लामा बलेफी गाउँपालिकाकाे लामाेसाघुमा पार्टीका नेताकार्यकर्ताको उपस्थितिमा सम्पन्न गरिएको पार्टीका जिल्ला सेक्रेटरी साेनाम सीले जानकारी दिए ।
नेकपा सिन्धुपाल्चोकले आयाेजित मसाल जूलूस प्रदर्शनपछिको कोणसभालाई नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी साेनाम सीले सम्बोधन गरेका थिए ।
मसाल जूलूसपछिको कोणसभाको सहजीकरण पार्टीका जिल्ला सदस्यहरु दिपक सी, हिरासीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।