
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले व्यवसायिक उत्पादन आत्मनिर्भरताका लागि अनिवार्य भएको बताएका छन् ।
अर्घाखाँचीकाे सितगंगा नगरपालिका वडा नम्बर ११, मान्द्रेमा रहेको कृषि जनकम्युनमा अकबरे खुर्सानी रोपण कार्य सुरु गर्दै उनले यस्तो बताएका हुन् ।
व्यवसायिक उत्पादन आत्मनिर्भरताको लागि यो कार्य अनिवार्य भएको बताउँदै उनले यसले मात्र देश समृद्धि हुने दाबी गरे ।
महासचिव विप्लवको नेतृत्वमा १५ जनाको टोलि खुर्सानी राेपणका लागि वैशाख २ गते कपिलवस्तुबाट त्यहाँ प्रस्थान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्