१८ बैशाख २०८१, मंगलवार

संसदीय व्यवस्थामा महिलालाई मानव नभई ‘माल’को दर्जा दिइन्छः धिरेन्द्रा सी

0

बुटवल: नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं क्रान्तिकारी महिला संघकी केन्द्रीय उपाध्यक्ष धिरेन्द्रा सीले नेपालमा महिलाहरुलाई मानवको रुपमा नहेरी ‘माल÷वस्तु’को रुपमा हेरेको बताउनु भएको छ ।

महिलाहरु समाजमा सुरक्षित बस्ने वातावरण नभएको भन्दै पाइलापाइलामा बलात्कृत हुनु पर्ने र मृत्युवरणसमेत गर्नुपर्ने नारकीय अवस्था भएको अभिव्यक्ति सार्वजनिक गर्नुभएको छ ।

उहाँले यस्तो अभिव्यक्ति मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचन विरुद्ध आज बुटवलमा भएको भण्डाफोर कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रकाण्ड सीले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो ।

‘अहिले समाजमा दाइजो प्रथा, बालविवाह, बहुविवाह जस्ता थुप्रै प्रकारका महिलाहरुको सम्मानमा ठेस पुग्ने खालका गतिविधिहरु भइरहेका छन् । महिलाहरु देह व्यापार गरेर दैनिकी चलाउनु पर्ने अवस्था छ ।’

उपाध्यक्ष धिरेन्द्रा सीले भन्नुभयो –‘यो सबै हुनुमा यो दलाल संसदीय व्यवस्था र यो व्यवस्थाका ठेकेदारहरुले गर्दा नै हो । जो निर्वाचनबाट लाइसेन्स प्राप्त गरी प्रतिनिधित्व गर्ने गरेकाछन् ।’ उहाँले फेरि थप्नुभयो –‘यसर्थ यो दलाल संसदीय व्यवस्थाद्वारा आयोजित कथित संघ र प्रदेश सभाको निर्वाचनमा भोट नहाल्न आम नेपाली दिदीबहिनीहरुलाई पनि हार्दिकताका साथ अपिल गर्दछु ।’

यो व्यवस्थाको निर्वाचन खारेर एवं बहिष्कार गरेर हामीले नयाँ वैज्ञानिक समाजवादको दिशामा लाग्नु अनुरोध गर्दै उपाध्यक्ष धिरेन्द्राले वैज्ञानिक समाजवादमा मात्र नेपाली महिलाहरुको मुक्ति हुने भन्दै पुनः भन्नुहुन्छ, ‘हामीले ल्याउने वैज्ञानिक समाजवादी व्यवस्थामा महिलाहरुले शरीर बेचेर खानु पर्ने अवस्था आउने छैन ।

क्षमता अनुसारको काम र काम अनुसारको दाम प्राप्त हुनेछ । हामीले ल्याउने व्यवस्थामा महिला र पुरुषमा समानुपातिक प्रतिनिधित्वको व्यवसस्था गरिनेछ, दाइजो प्रथा, बहुविवाह, बालविवाह अन्त्य गरेर सबै हिसाबले महिलाहरुलाई सम्मान जनक ढंगले बाँच्न पाउने अधिकारको प्रत्याभूति गराइनेछ ।’

उहाँले बलात्कारी एवं चेलीबेटी बेचविखन गर्नेहरुलाई सरकारले विभिन्न बहानामा संरक्षण गरेको आरोप लगाउँदै वैज्ञानिक समाजवादी व्यवस्थामा त्यस्ता नरपिचासु कलात्कारी र चेलीबेटी बेचविखन गर्ने दलालहरुलाई कडाभन्दा कडा कारवाही गरिने भन्दै महिलालाई सचेत हुन अनुरोध गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।