८ बैशाख २०८१, शनिबार

नेकपाद्वारा देशव्यापी चुनाव खारेज अभियान तीव्र

0

संसदीय व्यवस्थाको संघीय सरकारले गर्न लागेको आसन्न मंसिर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनलाई गाउँ/शहरबाट खारेज गर्ने अभियान देशव्यापी तीव्र रूपमा सञ्चालन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा मंसिर ४ को चुनावलाई खारेज गर्न अभियान थालिएको हो ।
पार्टीको केन्द्रीय नीति बमोजिम देशभरका जिल्लाजिल्लामा नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेज अभियानलाई सशक्त रुपमा अगाडि बढाएको छ । खारेज अभियान अन्तर्गत दिनहुँजसो जिल्लाजिल्लामा भण्डाफाेर सभा, काेणसभा, घरदैलो सभा, मसाल जुलुस, अपिल पर्चा वितरण, पाेस्टरिङ, भित्तेलेखन कार्यलाई तीव रूपमा गरिरहेको छ ।

देशभरका जिल्लामा नेकपाका नेता कार्यकर्ताहरुले चुनाव खारेजीको अपिल पोष्टरसहित आसन्न मंसीर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा भोट नहाल्न अपिल गरिरहेका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले संसदीय चुनाव खारेजको पाेष्टर सार्वजनिक गरेको छ ।
दलाल पूँजीवादी सत्ताको चुनाव खारेज गराैँ! एकीकृत जनक्रान्तिमा अगाडि बढाैँ !! मूल नारासहित नेकपाले पाेष्टर सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।