७ बैशाख २०८२, आईतवार

नेकपा नेतृ सुशिला प्रहरीद्धारा गिरफ्टार

0

मुस्ताङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी सुशिला एक जना जिल्ला सदस्य सहित गिरफ्टार परेकि छीन् ।

नेपाल सरकारको २०७२ को संविधानको धारा १६को मौलिक हक सम्वन्धि व्यवस्थामा कुनै पनि राजनीतिक दल खोल्न पाउने, जनतालाई भेला सभा गरेर सचेत गराउने वा आफ्ना पार्टीकावारेमा जनतालाई जानकारी गर्ने गराउने प्रावधान हुँदा हुँदै पनि संघ र प्रदेशको संसदिय निर्वाचनको वहानामा सरकारले नागरिकमा आतंक मच्चाईरहेको छ ।

मुस्ताङ जिल्लाको घरझोङ् गाउँ पालिका छैरोमा राती वास वसेकै घरमा विहान ७:३० वजे सादा पोसाकमा रहेका प्रहरी सहायक निरक्षक मिलन थापाको नेतृत्वमा रहेको हवल्दार टीका श्रेष्ठ र जवान गौरव थापाले नेतृ सुशिला संगै मुस्ताङ जिल्ला सदस्य प्रकाशलाई समेत गिरफ्टार गरेको हो ।

नेतृ सुशिलाले आफू पार्टीको नीति र कार्यक्रम लिएर जनतामा रहेकोवेला विनाकारण विनाउद्देश्य जनतामा आतंक डर त्रास फैलाउने तरिकाले शान्तिपुर्णढंगवाट जनतामा रहेकोवेला आफुहरूलाई गिरफ्टार गरेको जनपत्रिकासंग वताएकी छीन् ।

प्रहरी सहायक निरक्षक राजेश केसीको नेतृत्वमा रहेका पाँच जना प्रहरीले DSPसावको निर्देशनमा भन्दै गिरफ्टार गरि जिल्ला प्रहरी कार्यालय मुस्ताङ लैजाँदै गरेको जानकारी नेतृ सुशिलाले दिएकी छीन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।