२८ माघ ,हेटौंडा – बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको सवारी साधन अझै फिर्ता गरेका छैनन् ।
प्रतिनिधिसभामा सपथ लिएपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएको सात दिनभित्र सवारीसाधन फिर्ता गर्नुपर्ने भए पनि निवर्तमान मुख्यमन्त्री पाण्डेले अझै सवारी फिर्ता गरेका छैनन् ।
उनले प्रयोग गर्दै आएको बागमती प्रदेश ०३-००१-०११३ नम्बरको सवारी फिर्ता गर्न अटेरी गरिरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका जिन्सी शाखाका सुदिप सुवेदीले मुख्यमन्त्री पाण्डेले अझै सवारीसाधन फिर्ता नगरेको बताए ।
उनले प्रदेशका प्रमुख सचिवमार्फत् सवारी साधन फिर्ता ल्याउन पहल भैइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्