८ बैशाख २०८१, शनिबार

पाण्डेले अझै फिर्ता गरेनन् सरकारी सवारी साधन

0

२८ माघ ,हेटौंडा – बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको सवारी साधन अझै फिर्ता गरेका छैनन् ।

प्रतिनिधिसभामा सपथ लिएपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएको सात दिनभित्र सवारीसाधन फिर्ता गर्नुपर्ने भए पनि निवर्तमान मुख्यमन्त्री पाण्डेले अझै सवारी फिर्ता गरेका छैनन् । 

उनले प्रयोग गर्दै आएको बागमती प्रदेश ०३-००१-०११३ नम्बरको सवारी फिर्ता गर्न अटेरी गरिरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका जिन्सी शाखाका सुदिप सुवेदीले मुख्यमन्त्री पाण्डेले अझै सवारीसाधन फिर्ता नगरेको बताए । 

उनले प्रदेशका प्रमुख सचिवमार्फत् सवारी साधन फिर्ता ल्याउन पहल भैइरहेको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।