२३ बैशाख २०८१, आईतवार

चौमाला क्याम्पसमा स्ववियु निर्वाचन: अनियमितता र परम्परागत प्रवृत्ति बढारिने

0

२ फाल्गुन, कैलाली /चौमाला बहुमुखी क्याम्पसको प्राङ्गणमा एक फरक दृश्य देखियो। सधै हातमा किताब, कापी र कलम लिएर कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थी त्यसदिन हातमा हसिया,कुचो र औजार लिएर क्याम्पस प्राङ्गण सरसफाइ गरिरहेका थिए।

विद्यार्थीहरू उत्साहका साथ सरसफाइ गरिरहेका थिए भने उनिहरू बिच एउटा खासखुस चलिरहेको सुनिन्थ्यो। अबको स्ववियु निर्वाचनलाई क्याम्पसमा रहेको अनियमितता र परम्परागत शक्तिलाई बढार्ने विद्यार्थी नेतृत्वको आवश्यक छ।

स्नातक तहका विद्यार्थी अध्ययन गर्ने क्याम्पस जहाँ एउटा राष्ट्रिय झण्डा समेत फहराइएको थिएन। विद्यार्थीको एउटा टोली क्याम्पस भवनको छतमा चढेर राष्ट्रिय झण्डा फहरायो। जसको नेतृत्व गरेकी थिइन् बिन्द्रा जोशी, शारदा बम, कौशिला नेपाली लगायतकि विद्यार्थी नेतृहरूले। राष्ट्रिय झण्डा फहराउदै क्याम्पस प्राङ्गण सरसफाइ गर्ने त्यही विद्यार्थीहरूको टोली यतिखेर अखिल क्रान्तिकारी विप्लवको सङ्गठनबाट स्ववियु निर्वाचनमा होमिएको छ।

स्ववियु निर्वाचन प्रचारका क्रममा यो टोलि जब विद्यार्थी रमिता चौधरीको घर पुग्यो उनले आफ्ना साथिहरूको उक्त टोलीलाई पानी दिइन् र बारीमा फलेको बयर टिपेर खुवाउँदै भनिन् यो स्ववियुलाई परम्परागत शक्तिलाई बढार्न सफल हुनुपर्छ।

टोली अर्को सङ्गठनबाट उम्मेदवार रहेका विद्यार्थीको घरमा पुगेर जब कुरा गर्न थाल्यो उनले भने हामीलाई हाम्रो होइन राम्रो विद्यार्थी नेता स्ववियुमा चाहिन्छ, उम्मेदवार रहेपनि हामि यो टोलीलाई सहयोग गर्छौ प्रचारमा रहेका विद्यार्थीहरूको अनुहार खुशिले उज्यालो देखियो।

यसअघिका स्ववियु सभापतिले निर्वाचित भएपछि क्याम्पसलाई ठेक्कापट्टा गर्ने माध्यम बनाएको, क्याम्पसका झ्यालढोका निर्माणमा जामुनको काठ प्रयोग गर्दा समेत मौन रहेको, छात्रवृत्ति वितरणमा अनियमितता गरेको देखेका विद्यार्थी भन्छन् हामीलाई ठेकेदार होइन विद्यार्थीको हकहितका लागि लाग्ने विद्यार्थी नेता चाहिन्छ ।

बिन्द्रा जोशी नेतृत्वको प्यानलमा अधिकांश महिला उम्मेदवार रहेको र नियमित अध्ययन गर्ने विद्यार्थी भएका कारण समेत जित सुनिश्चित रहेको उनको भनाई छ।

अधिकांश महिला विद्यार्थी अध्ययन गर्ने क्याम्पस भएपनि महिलाका लागि उपयुक्त शौचालय नरहेको, महिलालाई स्यानिटरी प्याड उपलब्ध नरहेको,टाँढाका विद्यार्थीका लागि बसको समेत उपयुक्त व्यवस्था नरहेको अवस्थामा यि एजेण्डा आफ्नो टिमको प्राथमिकतामा रहेको बताउँछिन् सचिव पदकि उम्मेदवार शारदा बम। विद्यार्थीका बिचमा जाँदा राम्रो प्रतिक्रिया आइरहेको कोषाध्यक्षकी उम्मेदवार कौशिला नेपालीले बताइन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।