१३ बैशाख २०८१, बिहीबार

जातीय विभेद र छुवाछूत विरुद्ध सशक्त संघर्ष अनिवार्य छ: रामलाल सी

0

२ चैत, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले जातका आधारमा गरिने सम्पुर्ण विभेद र छुवाछूत विरुद्ध सशक्त संघर्ष गर्नुपर्ने बताएका छन् ।

बिहिबार सुर्खेतमा बसेको मोर्चा, मध्य-कर्णाली ब्युरो बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा नेकपा मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सीले २१औं शताब्दीको आधुनिक प्रविधिको युगमा पनि मान्छेले मान्छेलाई नै अमानवीय व्यवहार गर्नु लज्जास्पद विषय भएको भन्दै वर्गीय ,जातीय ,लिङ्गीय ,मुक्तिको लागि एकपटक क्रान्तिको आवश्यकता भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।