११ बैशाख २०८१, मंगलवार

बैंक तथा वित्तीय संस्थाको नियमन ‘एसआईएस’ प्रणाली मार्फत गरिने

0

काठमाडौ /बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरीवेक्षण कार्य अब ‘एसआईएस’ प्रणालीमार्फत हुने भएको छ । सुपरभाइजरी इन्फर्मेसन सिस्टम (एसआईएस)सिस्टमबाट बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा नियमित रुपमा आफ्नो तथ्यांक तथा सूचना पेस गर्नेछन् भने स्वचालित रुपमै ती तथ्यांकको प्रशोधन हुनेछ । 

बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का विकास निर्देशक पीप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

बेलायती सहयोग नियोगको वित्तीय क्षेत्र स्थायित्व कार्यत्रम (एफएसएसपी) को विक्तीय सहयोगमा एसआईएस निर्माण गरिएको हो ।

कार्यक्रममा गभर्नर अधिकारीले एसआईएसको कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा प्रवेश गरेको बताए ।

वित्तीय क्षेत्रको प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनको निम्ति विश्वसनीय र यथार्थ तथ्याङ्क आवश्यक पर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले एसआईएसले त्यो आवश्यकतालाई परिपूर्ति गर्ने बताए


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।