६ कार्तिक २०८१, मंगलवार

समाजवादी अर्थशास्त्र अध्ययनको महत्व

0

व्यवस्था निर्माण भएको नै वर्गको सेवा गर्नका लागि हो । पुँजीवादी व्यवस्था र अर्थशास्त्रले पूँजीवादीहरुको सेवा गर्छ भने समाजवादी व्यवस्था र समाजवादी अर्थशास्त्रले आम उत्पिडित श्रमजीवि जनताको सेवा गर्दछ । नेपालमा सरकार फेरिए, मन्त्रि फेरिए तर अर्थप्रणाली फेरिएन र जनताको जीवनमा खासै परिवर्तन देखिएन ।

हरेक व्यवस्थाको जग अर्थप्रणाली हो । जुन अर्थप्रणालीमा व्यवस्था टिकेको हुन्छ, त्यो व्यवस्थाले त्यही वर्गको सेवा गर्दछ । नेपालमा अहिलेसम्म पूँजीवादी अर्थप्रणाली लागु गरिएको छ जसको कारण पूँजीवादी व्यवस्थाले जनतालाई लुटिरहेको छ र दलाल पूँजीपतिहरुलाई सहयोग गरिरहेको छ । नेपालमा पार्टी र सरकारको नेतृत्व कम्युनिस्टहरुकाे भएपनि पूँजीवादी अर्थव्यवस्थाले पूँजीवादीहरुको नै सेवा गरेको छ,जनताको शोषण गरेको छ ।

अहिले वर्षाकाे च्याउ जस्ता पार्टीहरु निर्माण गरिएका छन् । दर्जनभन्दा वबढी त कम्युनिस्ट पार्टीहरु खोलिएका छन् तर तिनीहरुलाई स्कुलिङ् छैन ,प्रशिक्षण छैन कता हो कता जस्तो, पार्टीको नेता अझ क्रान्तिकारी भनिनेहरु नै यसमा हराएको जस्तो देखिन्छ । यो सबै समस्याको हल भनेको नै अर्थशास्त्रको सैद्धान्तिक ज्ञानको अभावले नै हो।

 अर्थशास्त्रको वारेमा ज्ञान नहुने व्यक्ति राजनीतिक व्यक्ति हुनै सक्दैन । अझ कम्युनिस्टहरुले  बढी नै अध्ययन गर्नुपर्ने हुन्छ । हामीले यो लेखमा समाजवादी अर्थशास्त्र अध्ययनको उदेश्य के हो,नेताहरुले अर्थशास्त्रको अध्ययन गर्न किन जरुरी छ ,यी र यस्ता तमाम विषयमा यो छोटो लेखमा जानकारी दिईनेछ ।

नेपालमा धेरै राजनीतिक पार्टीहरु छन् । धेरै पटक ठुल्ठुला क्रान्ति, विद्रोह र संघर्षहरु भए सरकार फेरिए,राजतन्त्र फालियो, गणतन्त्र स्थापना भयो तर जनताको जीवनमा खासै परिवर्तन भएन किन होला ? जति नेताहरु सरकारमा गएर सत्ता परिवर्तन भएपनि खासै परिवर्तन गर्न कसैले सकेनन् के भयो होला ? यी र यस्ता तमाम प्रश्नहरुको उत्तर जनता र आम मानिसले खोजिरहेका छन् तर उचित जवाफ मिलेको छैन ।

हाम्रो देशमा कतै पनि शान्ति र सुख छैन । घर–घरमा समेत झगडा भइरहेका छन् । समाजमा चोरी, लुटपाट र हत्याका घटनाहरू दिनदिनै बढिरहेका छन् । आफ्नै दिदी बहिनीहरूलाई बेचबिखन गरी देहव्यापारमा लगाउने जस्तो अपराधले सीमा नाघिरहेको छ । बेरोजगारीका कारण लाखौँलाख युवाहरु अर्काका देशमा अपमानको जीवन बिताउन बाध्य पारिएका छन् ।

देश निर्माणमा लगाउनु पर्ने युवा शक्तिलाई नसालु पदार्थको सेवनको कुलतमा लगाई सुन्दर जीवन नै बर्बाद पारिएको छ, जसका कारण हरेक वर्ष हजारौँ युवायुवतीहरूलाई आत्महत्या गर्न विवश पारिएको छ । भोकमरी, कूपोषण र उपचारको अभावमा मानिसहरू मरिरहेका छन् । प्राकृतिक विपत र महामारीले हजारौँ जनताको अकालमै ज्यान गइरहेको छ । वैङ्कले चर्को व्याज,लघुवित्तको ज्यादती,मिटरवाजीहरुको अमानविय व्यवहारले जनता मरिरहेका छन्,तनावमा बाँच्न विवश छन् तर राज्य बेखबर छ ।

बाहिरबाट हेर्दा देश स्वतन्त्र देखिए पनि साम्राज्यवादीहरू मुख्यतः भारतीय साम्राज्यवादी शासकहरूको थिचोमिचो गर्ने क्रिडास्थत बनेको छ । कृषिप्रधान देश भएर पनि दाल, तेल,अन्न र बेसार समेत विदेशबाट आयात गर्नुपर्ने भएको छ । सिङ्गो देश र जनताको सम्पत्ति मुठ्ठिभर दलाल तथा नोकरशाही पुँजीपति, सामन्त, भ्रष्टहरुको हातमा केन्द्रित भइरहेको छ । देश र जनताहरु माथि लुट्नेहरूको रजाइँ चलिरहेको छ ।

के यी तमाम विषयको समाधान गर्न सम्भव छ ? यो कसरी भैरहेको छ ,यसको हल कस्ले गर्ने हो ? यो समस्या समाधानमा हाम्रो भुमिका के हुन्छ ? समाजवादी अर्थशास्त्रको अध्ययन बिना उल्लिखित प्रश्नहरूको वास्तविक उत्तर पाउन सक्दैनौँ । उल्लिखित अवस्था र समस्याहरू जुनसुकै रूपमा देखिएका भए पनि तिनको मूल कारण सामाजिक उत्पादनमाथिको निजी स्वामित्वमा आधारित उत्पादन प्रणाली र त्यसैको जगमा खडा भएको नवऔपनिवेशिक दलाल पूँजीवादी राज्यव्यवस्था नै हो ।

नवऔपनिवेशिक दलालहरु रहेसम्म उपयुक्त अवस्था र समस्याहरूमा परिवर्तन सम्भव छैन । त्यसका लागि सामाजिक उत्पादनमा निजी स्वामित्व कायम रहेको उत्पादन प्रणालीको आधारमा खडा गरिएको नवऔपनिवेशिक दलाल पूँजीवादी राज्यव्यवस्था नै बदल्नुपर्दछ ।

सामाजिक उत्पादनअनुसारकै सामूहिक स्वामित्व कायम गर्नुपर्दछ । सामाजिक उतपादनअनुसारकै सामुहिक उत्पादन कायम गर्ने अर्थ प्रणालीमा आधारित वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्दछ, तब मात्र हामीले स्वतन्त्र र आत्मनिर्भर अर्थ प्रणालीको विकास गरी सम्पूर्ण श्रमजीवी तथा उत्पीडित जनताको जीवनलाई सुखी र समृद्ध बनाउन सक्दछौं ।

त्यसो गर्न सत्तासीन दलाल पुँजीपति वर्ग र तिनका मालिक साम्राज्यवादी शासकहरू स्वेच्छाले तयार हुदैनन् । त्यसका निम्ति क्रान्ति नै आवश्यक हुन्छ । क्रान्ति सम्पन्न गर्नका लागि अहिलेसम्म शोषण, दमन, उत्पीडन र विभेदमा पारिएका  जनताको माया गर्ने देशभक्तहरु एकजुट हुनुपर्दछ ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुनुपर्दछ । वैज्ञानिक सामजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्दछ भन्ने कुरा आफैँले बुझ्न र सबै श्रमिक तथा उत्पीडित जनतालाई बुझाउनका निम्ति वैज्ञानिक समाजवादी अर्थशास्त्रको अध्ययन गर्नु अत्यन्त महत्त्वपूर्ण छ ।

समाजवादी अर्थशास्त्रले नागरिक र राजनितिज्ञलाई के कुरामा सहयोग गर्छ तल छोटकरीमा वर्णन गरिएको छ ।

पहिलो: समाजवादी अर्थशास्त्र मार्क्सले आविस्कार गरेको अर्थशास्त्र हो । यो पूँजीवादी अर्थशास्त्रको विकल्प हो,या श्रमजीवि जनताको सेवा गर्ने अर्थप्रणाली हो । यसको अध्ययनले नागरिकलाई वस्तुहरुको उत्पादन, विनिमय, वितरण, उपभोग, माल, मूल्य, मुद्रा,वैंक साखपत्र आदिका वारेमा शैद्धान्तिक र व्यवहारिक ज्ञान दिन्छ । माल कसरी उत्पादन हुन्छ ।

त्यसको विनिमय र वितरण कसरी गरिन्छ ,उत्पादित वस्तुको उपयोग कुन वर्गले गर्ने भन्ने कुराको जानकारी गराउँछ । माल के हो,वस्तुमा मुल्य कसरी निर्धाण हुन्छ,मुद्रा के हो ? वैङक के हो साखपत्र या तमसुक के हो ? यसका वारेमा सविस्तार जानकारी गर्दछ ।

दोस्रो : उत्पादक शक्ति के हो,उत्पादन सम्वन्धहरु ,उत्पादन प्रणाली र त्यसका नियमहरुको वारेमा जानकारी गर्दछ । समाजमा मानिसहरु किन धनि र गरिब  बन्छन्,पूँजीवादीहरुले लुट्नका लागि के के गलत कुराहरु पढाउने गरेका छन् । यसको वारेमा जानकारी दिन्छ ।

जव पूँजीवादी अर्थशास्त्र र समाजवादी अर्थशास्त्रका वारेमा जानकारी हुन्छ, तव एउटा राजनितिज्ञले समाजको अन्तरविरोध बुझ्न सजिलो हुन्छ ।

तेस्रो: जसरी विश्वमा  सामन्तवादी व्यवस्थाहरु उदय,विकास र अन्त्य भए त्यसरी नै  पूँजीवादी व्यवस्थाको  उदय विकास अन्त्य अनिवार्य हुन्छ भन्ने ज्ञान दिन्छ । श्रमिकको श्रम शक्ति नै समाज विकासको गतिशील शक्ति हो भन्ने कुरा जनतालाई जानकारी दिन्छ र आम श्रमिक जनतालाई आफ्नो श्रम पूजीवादले लुटिरहेको जानकारी गराउँछ र विद्रोह गर्न सचेतना भरि दिन्छ ।

चौथो : वर्ग विभाजन, वर्ग शोषण र वर्गीय उत्पीडनको मुख्य कारण पुँजीवादी राज्यसत्ता र त्यसको उत्पादन प्रणाली या अर्थप्रणाली हो भन्ने कुरा जानकारी गर्दछ, पुँजीवादी सत्ताका विरुद्ध क्रान्तिमा सहभागी बन्न  प्रेरित गर्दछ ।

समाजवादी अर्थशात्रको राम्रो ज्ञान भयो भने मात्र समाजको अन्तरविरोध पहिचान गरि,मित्र र दुष्मन किटान गर्न र क्रान्तिको कार्यदिशा निर्माण गर्न सहयोग गर्दछ । समाजवादी अर्थशास्त्रको ज्ञानले सवैलाई सकारात्मक सहयोग त गर्छ नै मुलत नेताहरुलाई कार्यदिशा निर्माण गरि लागु गर्न समेत महत्वपूर्ण सहयोग गर्दछ । यो कुराले एउटा राजनितिज्ञलाई अर्थशास्त्रीय ज्ञानको महत्व कति छ भन्ने कुरा स्पस्ट गर्छ ।

२०७९ चैत्र ११ गते


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।