१६ बैशाख २०८१, आईतवार

कास्कीमा दलितले छोएको भन्दै भतेर घोप्ट्याएको घटना अमानवीय छ, दोसीलाई कारबाही होस्

0

कास्की / श्रमिक समुदाय मोर्चा नेपाल कास्कीले जिल्लाको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा व्रतबन्धमा दलितले छोएको भन्दै भतेर घोप्ट्याएको भन्ने घटनाले मोर्चालाई स्तब्ध बनाएको बताएको छ।मोर्चाका कास्की जिल्ला संयोजक अमृत सीले सोमबार एक प्रेस बिज्ञप्ती मार्फत उक्त घटनाले आफुहरुलाई स्तब्ध बनाएको र जनप्रतिनिधि कै संलग्नतामा जातीय बिभेद गरिएको घटना अमानवीय भएको बताएको हो।

मोर्चाका अध्यक्ष अमृत सी द्वारा जारी बिज्ञप्तीमा घटनाको निन्दा र भत्सर्ना गर्दै पीडकलाई कारबाहीको माग समेत गरिएको छ।

बिज्ञप्तीमा :कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानमा व्रतबन्धमा दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको तथ्यले हामीलाई स्तब्ध बनाएको छ । दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्सा बनाएर जनप्रतिनिधिकै संलग्नतामा जातीय विभेद गरिएको घटना अमानवीय र दण्डनीय छ। हामी यो घटनाको निन्दा र भर्त्सना गर्दै पीडकलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौं । उनीहरूविरुद्ध मुद्दा चलाई पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउनुपर्छ ।

यो घटनाले अहिले पनि देशभर विभिन्न स्वरूपमा भइरहेका जातीय छुवाछुतका घटना सदाका लागि अन्त्य गर्न राज्य र समाजका विभिन्न तह र तप्का क्रियाशील हुनैपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि जातीय छुवाछुतजस्तो कुप्रथा हट्न नसक्नु ठूलो कलंक हो । मान्छे मान्छेबीच यो विभेद नेपाली समाजका लागि लज्जाको विषय हो। जातीय विभेदलाई राज्यले दण्डनीय बनाएको आधा शताब्दी भइसक्दा पनि यस्तो विभेद हट्न नसक्नुका कारण पहिचान गरी निराकरण गर्न लाग्नु जरुरी छ । यस्तो विभेद हटाउन दलितलाई पनि सशक्तीकरण र जागरुक बनाउन जरुरी छ। समग्र दलितलाई आत्मसम्मानपूर्वक बाच्ने वातावरण सिर्जना गर्न हामी सबै सरोकारवालासँग आग्रह गर्दछौं। नेपाली समाजमा शिक्षा स्वास्थ्य, जमिन, रोजगारीसम्म जताततै दलित समुदाय अझै पिँधमा छ।

जसलाई निर्मूल पार्न ठूलो राजनीतिक, सामाजिक र सांस्कृतिक प्रयत्नको खाँचो छ । रातारात यो विभेद हटाउन सम्भव छैन। संविधान, ऐन अनुसार कागजमा अहिले कुनै विभेद बाँकी छैन तर व्यवहारमा विभेद ज्यूकात्यू छ। अहिलेको राज्य व्यवस्था जातीयसहित अन्य खालका विभेद अन्त्य गर्न असफल भएको छ । यसबाट विभेदको अन्त्य र समतामूलक समाज निर्माण सम्भव छैन । सबै खालका विभेद हटाएर नयाँ समाज निर्माण गर्न एकीकृत जनक्रान्ति अपरिहार्य छ – भनिएको छ।

बिज्ञप्तीको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।