१४ बैशाख २०८१, शुक्रबार

समाजवाद ल्याउने शर्तमा सबै कम्युनिस्टहरू एक हुनुपर्छ: नेता भरत सी

0

३, बैशाख, कालिकोट /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले समाजवाद ल्याउने सर्तमा सबै कम्युनिस्टहरूकाे एक हुनुपर्ने बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी रास्कोट नगर कमिटीकाे आयोजनामा शनिबार नयाँ बर्षको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको सम्बोधन गर्दै नेता भरत सीले यस्तो बताएका हुन ।

नेता भरत सीले दलाल पुँजीवादी व्यवस्था बदल्ने सर्तमा नेपालका माओवादी घटक तथा सबै कम्युनिस्टहरू एकताबद्ध हुनुपर्ने बताए ।

उनले नेपालमा राष्ट्रघात, भ्रष्टाचार र महंगीले सिमा नाघेकाे भन्दै याे दलाल संसदीय पुँजीवादी व्यवस्था सुकेको खर भएको र त्यसलाई आगाे लगाउनुपर्ने बताए ।

नेता भरत सीले एमसिसीकाे गलत सम्झौताले देश साम्राज्यवादको कृडास्थल भएको भन्दै राष्ट्रियताको पक्षमा सबै राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरू एक हुनुपर्ने बताए ।

उनले भन्ने “यो देशको सिष्टममा भ्रष्टाचार छ, संसदीय व्यवस्था नै भ्रष्टाचार, कमिसनको अखडा स्थल हाे । याे व्यवस्था बदल्नुकाे बिकल्प छैन ।”

उनले नेकपा आगाेकाे झिल्काे भएको भन्दै देशमा भएको सबै विकृतिहरूको खरमा झिल्को लगाउन बेर नहुने दावी गरे ।

उनले भन्ने, “असफल भएको जनयुद्धको जगमा उभिएर एकीकृत जनक्रान्ति मार्फत नेपालमा बैज्ञानिक समाजवाद ल्याउछाैं ।”

नेपालमा जनताको मुख्य दुश्मन दलाल पुँजीवादी व्यवस्था भएको ठोकुवा गर्दै नेता भरत सीले यो जनविरोधी र राष्ट्र विरोधी भएको र परविर्तन गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले बैज्ञानिक समाजवाद नै अहिलेको मुख्य निकासको बाटो भएको बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्तिमोर्चाका संयोजक विराट सी, कालिकोट जिल्ला इन्चार्ज बलवान् सी, सेक्रेटरी शाहासी सी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त बिक लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रभात स्मृति जनसाँस्कृतिक परिवार ,स्थानिय विभिन्न देउडा र झाँक्रीहरूकाे प्रस्तुति रहेको थियो ।

रास्काेट नगर कमिटी इन्चार्ज निर्देशन सीकाे अध्यक्षतामा रहेको कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य रमेश सीले गरेका थिए


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।