१७ बैशाख २०८१, सोमबार

जनक शिक्षा सामग्रीका प्रमुख झालाई समयमै पाठ्यपुस्तक पुर्याउन अखिल(क्रान्तिकारी)को सुझाव

0

काठमाडौ /अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी को नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्र का महानिर्देशक अनिल कुमार झालाई भेटेर तत्काल सबै जिल्ला हरुमा पाठ्यपुस्तक पुर्याउन सुझाव दिएका छन ।गएको शैक्षिक सत्रमा विद्यार्थी हरुले पाठ्यपुस्तक नपाएर हैरानी खेपेको,किताब नै नदेखेर परीक्षा दिन परेको ,किताब नपुगेकै कारण विद्यार्थीहरु परिक्षामा फेल भएको,नतिजा संतोषजनक नआएको भन्दै यो बर्ष पनि अहिलेसम्म तराईका केही जिल्लाहरु र पहाडी तथा हिमाली जिल्लाहरुमा पाठ्यपुस्तक नपुगेको भन्दै नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुर्याउन अध्यक्ष प्रकाश सीले सुझाव दिएका हुन ।

साथै अध्यक्ष प्रकाशले जनक शिक्षा सामाग्री लाई व्यवस्थित रुपमा सन्चालन गर्न पनि सुझाव दिएका थिए।

जवाफमा महानिर्देशक झा ले अखिल क्रान्तिकारीले दिएको सुझाव अतिआवश्यक र महत्वपूर्ण रहेको भन्दै संगठनको सुझाव अनुसार आफुहरु तीब्र गतिमा काम गरिरहेको र ६० जिल्लामा किताब पुर्‍याइ सकेको र बाँकी नपुगेका जिल्लाहरुमा केही दिन भित्रै पाठ्यपुस्तक पुर्‍याउने बताए साथै महानिर्देशक झाले बिगतमा जनक शिक्षा सामग्री केन्द्रमा विभिन्न समस्यहरु आएको र त्यसलाई क्रमिक रुपमा सुधार गर्दै गएको बताए।

भेटमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी,उपाध्यक्ष नरेन्द्र सी,केन्द्रीय सचिवालय सदस्य द्वय अनिल सी र लोकेश सीको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।