७ बैशाख २०८१, शुक्रबार

नेपाली जनताका लागि आजको दिन ‘ऐतिहासिक दिन हो’-शिलु

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य शिलु सीले नेपाली जनताका लागि आजको दिन ऐतिहासिक भएको बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी पार्टी स्थापना दिपको अवसरमा आयोजिति बृहत जनसभामा स्वागत मन्तव्य राख्दै उनले यस्तो कुरा बताएकी हुन् ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएर देशमा जनता लागि सुनौं भविश्यको सुरुवात भएको भन्दै आजको दिन जनताका लागि ऐतिहासिक दिन भएको बताइन् । जनसभामा स्वागत मन्तव्य राख्दै शिलुले दलाल पुँजीवादले जनताको मुक्ति सम्भव नभएको भन्दै देशमा वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य भएको बताइन् ।

‘अहिले देशमा आर्थिक संकट चुलिएको छ । जनतामा निराशा छ, जनतालाई खाना र नानाको समस्या छ ।’, उनले भनिन्, ‘यो देशमा वैज्ञानिक समाजवाद स्थापना हुन अपरिहार्य छ । कम्युनिस्ट पार्टी स्थापनाको औचित्य अझै पुरा भएको छैन । हामी यो पूरा गरेरै छोड्छौं ।’

उनले जनताको वास्तविक मुक्तिका लागि आफूहरु सदि हुन पनि तयार भएको भन्दै कम्युनिस्ट पार्टी स्थापनाको औचित्य पूरा गरेरै छोड्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।