८ बैशाख २०८१, शनिबार

कम्युनिस्ट पार्टी स्थापना गर्नु क्रान्ति थियो : विप्लव

0

काठमाडौं: नेपाल कम्युनिस्ट पाटीका महासचिव विप्लव सीले पुस्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधनन गर्दै विप्लवले पुस्पलालले कांग्रेस छोडर कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति भएको बताएका हुन् ।

४ जना संस्थापकहरुले ज्यानलाई हत्केलामा राखेर कम्युनिस्ट पार्टीको स्थापना गरेको बताए । ‘पुस्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जन गोविन्द बैंद्य र नारायण विलास जोशीले ज्यानको प्रबाह नगरेर कम्युनिस्ट पार्टी स्थापना गरे ।’, उनले भने, ‘आजसम्म नेपाल ९ हजार सहिदहरुको नाम आउँछ । उहाँले हत्याको प्रवाह नगरेको भए ९ हजार जनता मर्ने थिएनन् ।’

कम्युनिस्ट पार्टीको स्थापना भएको विषयमा सामान्य विवाद रहेको भन्दै त्यसलाई विवाद बनाउन नहुने उनको भनाई छ । ‘हामीलाई माओको जन्म, मृत्य, लेनिनको जन्म मृत्य, माओको जन्म मृत्यु सबैको मिति याद छ ।’, उनले भने, नेपालमा कम्युनिस्ट पार्टी कहिले स्थापना भयो भन्ने विषयमा धेरैलाई थाहा छैन । यो किन भयो ? किन भने यसलाई स्मरण गर्न आवश्यक ठानिएन । हामीले यसलाई स्मरण गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।