८ बैशाख २०८१, शनिबार

विप्लवद्वारा सहिदस्मृति विद्यालय पोखराका विद्यार्थीसङ्ग अन्तर्कृया

0

पोखरा / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद स्मृति आवासीय बिधालय पोखराका शिक्षक र विद्यार्थीसङ्ग भेटघाट तथा अन्तर्कृया गरेका छन। बिद्यालयमा कार्यरत शिक्षक, विद्यार्थी , पठनपाठनको स्थिति र भौतिक संरचनाको अवस्था लगाएतका बिषयमा जानकारी लिन महासचिव विप्लवले भेटघाट गरेका हुन।

जनयुद्धको क्रममा सहिद तथा बेपत्ता भएका परिवारका छोराछोरीको लागि पठनपाठन हुने सहिद स्मृति माविमा हाल करिव ४ सय ५० विद्यार्थीहरु पढिरहेका छन ।

भेटघाट तथा अन्तर्कृयाको क्रममा विद्यालयमा शिक्षक तथा कर्मचारीको दरबन्दी बमोजिमको उपलब्धता नभएको , प्रयोगशाला , पुस्तकालय , खेलकुद , भवन र सौचालयका लागि पर्याप्त भौतिक संरचनाको अपुग रहेकोले आवश्यक पहल गरिदिन बिधालयले माग गरेको थियो भने महासचिव विप्लवले भौतिक संरचना लगाएतका विद्यालयका समस्याबारे सरकारसङ्ग कुराकानी गर्ने र आबश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।