१२ बैशाख २०८१, बुधबार

भरत सीको रचना र चिरन सीको संगीतमा ‘निराश हुनुहुन्न साथी’ बजारमा

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीको रचना र पोलिट ब्युरो सदस्य तथा प्रगतिशील कलाकार चिरन सीको संगीतमा प्रगतिशील गीति एल्बम ‘निराश हुन हुन्न साथी’ सार्वजनिक भएको छ। भरत सीको सब्द रचना चिरन सीको संगीत र सुगम संगीतका मसिहा राज सिग्देलको सुमधुर आवाजमा ‘निराश हुन हुन्न साथी’ सार्वजनिक भएको हो।

देशमा भएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र बेथितिले निरास भएका युवा नौजवानमा उर्जा भर्न यो एल्बमले अहम् भूमिका खेल्ने पूर्ण विश्वास रहेको यस गीतका रचनाकार तथा नेकपाका स्थायी समिति सदस्य भरत सी बताउछन् ।

उनी भन्छन, ‘बिगतमा बिभिन्न दलहरुका नेतृत्वले देशको आमूल परिवर्तनको सपना देखाए । यसैका निम्ति हजारौको वलिदानी भयो तर तिनै आशा गरिएका नेतृत्वले फेरि पुरानै यथास्थितिको दलदलमा फसाएपछि प्रताडित जनताहरुले चारैतिर अन्धकार देखिरहेको बेला ‘निराश हुन हुन्न साथी हरेस खानु हुन्न, निराश भए हरेस खाए लक्ष्य भेटिदैन’ यी र यस्ता शब्द लहरिले एकपटक फेरी आम जनता युवा नौजवान निराशाका ठूला पर्खाल तोड्दै नयाँ बिचारसहितको समाजवादी व्यवस्था निर्माणको आन्दोलनमा निस्वार्थ लाम लाग्न उत्साह थप्ने मेडिसिनको काम गर्न सक्छ।’

त्यस्तै यहि गीतका प्रस्तुतकर्ता तथा संगीतकार चिरन सीले बिगतका रचनाहरु भन्दापनि यो एल्बममा शब्द संगीत र आवाजको फ्युजन नेपालको पछिल्लो बस्तुस्थितिसँग मेल खाएको बताउछन। उनी भन्छन्, ‘झट्ट सुन्दा गीतका सब्दहरु प्रेमिल भएपनि यसको गुदीमा मिठास मात्रै होइन अन्तर मनबाट विद्रोहको ज्वालामुखी बिस्फोट गर्दै यो व्यवस्था फेर्ने महासमरमा सशक्त भूमिका खेल्छ भन्ने विश्वास लिएका छौं ।

यस्ता छन् निराश हुन हुन्न साथी एल्वमका शब्दहरु

निरास हुनु हुन्न साथी, हरेस खानु हुन्न
निरास भए हरेस खाए
लक्ष्य भेटिदैन, लक्ष्य भेटिदैन

जिन्दगीमा धोका हुँदा, कहिले काहीँ हार खादा
बिपत्तिमा एक्लो पर्दा, पीडा अनि आँसु झर्दा
संघर्षमा कमजोर हुँदा,
चारैतिर औंला उठ्दा
बैरीहरुले मौका छोपी,
जथाभावी देश लुट्दा

चारैतिर दुखै दुखका, ठुला पहाड शिरमा खस्दा
बिसालु ती काडाहरु, कतिसुख मिल्छ झिक्दा
नबिर्सनु आफ्नो लक्ष्य,
जस्तो सुकै सङ्कट पर्दा
नयाँ सन्सार बनाई छोड्छौ,
सबैको साथ पाउँदा

निरास हुनु हुन्न साथी, हरेस खानु हुन्न
निरास भए हरेस खाए
लक्ष्य भेटिदैन, लक्ष्य भेटिदैन ।

नारायण दङ्गालको संगीत संयोजन रहेको गीतमा ओसिस्टीक रेकर्डडिंग स्टुडियोका रेकर्डडीस दिल समर्पणले रेकड गरेका छन । कुमार महाराजको मादल ढोलक बाधन, गिटार अनुप दास, बासुरी रत्न विश्वकर्मा र चन्द्र चौधरीले अडियो मिक्सिंग गरेर गीतलाई पूर्णता दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।