१२ बैशाख २०८१, बुधबार

नदीमा भइरहेको उत्खनन रोक्न नेकपा कञ्चनपुरको माग

0

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले नियम विपरीत प्रकृतिक स्रोत साधनमा भइरहेको दोहन बन्द गर्न माग गरेको छ । आइतबार जिल्लाको बेदकोट नगरपालिका वडा नं ०४ स्थित बगुन खोलामा स्थलगत अनुगमन गर्दै नेकपा जिल्ला इन्चार्ज विराट सी ले ढुङ्गा ,बालुवा तथा गिट्टी जस्ता प्रकृतिक स्रोत साधनको चरम दोहन रोक्न माग गरेका हुन् ।

कुनै मापदण्ड विना ठेकदारले कमाउ धन्दाको रूपमा नदी नालालाई प्रयोग गरिरहेका छन् यस्तो कार्यका विरुद्ध नेकपा निर्मम ढंगले अगाडि बढ्छ , नेकपा नेता विराटले भने । प्रकृतिको संरक्षण गरेर वातावरणीय प्रदूषणलाई कम गर्नको साटो राज्यले नै निजी क्षेत्रलाई खोलानाला सुम्पेर वैधानिक रुपमा दोहन गर्न दिने कुरा यो राज्यको दलाल पूँजीवादको कारण भएको उनले बताए । जिल्ला इन्चार्ज विराटले भने ,“जिल्लाव्यापी नै जनताको आम जनसरोकारका मुद्दामा सक्रिय रहेको पार्टीले नाताले आज हामीले निर्माण कम्पनी र ठेकेदारलाई सचेत गराई यस्तो कार्य रोक्न भनेका छौं अन्यथा पार्टी संघर्षमा जान्छ । ”राज्यका जन प्रतिनिधिकै मीलेमोतोमा यस्ता उत्खननका कार्य भइरहेको नेकपाको भनाइ छ । नदीजन्य वस्तुको चरम उत्खननले वातावरणीय सन्तुलनलाई समेत नकारात्मक प्रभाव पार्ने भएका कारण उत्खनन कार्य रोक्नुपर्ने नेकपा एक नेताले बताए ।

सो खोलाको उत्खनन ठेक्का निर्माण कम्पनी गणपति कन्स्ट्रक्सनका ठेकेदार किशोर विष्टले भने आफूहरुले नियम भित्रै रहेर काम कारबाही गरिरहेको बताए । उनले भने , “हामीहरूले तोकिएको नियम बमोजिम नै काम कारबाही गरिरहेका छौं तर स्थानीय तहले यसको संरक्षणमा ध्यान दिएको छैन ।

नदी क्षेत्रमा भइरहेको चरम उत्खननले भने नजिकका बस्तीहरूमा कटानको समस्या पैदा गर्ने देखिन्छ । उत्खननले गर्दा वर्षाको समयमा हाम्रो जमीनमा नदीको कटान लाग्ने सम्भावना छ तर यो तर्फ न त ठेकेदारको ध्यान छ न त कुनै जनप्रतिनिधिको, एक स्थानीयले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।