१४ बैशाख २०८१, शुक्रबार

नेपाली जनप्रगतिशील मोर्चा यूरोपको चौथो अधिवेशन सम्पन्न

२६ सदस्यीय कार्यसमिति चयन

0

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपको चौथो अधिवेशन ७ मे २०२३ आईतबारका दिन बेल्जियमको आन्ट्वेर्पेन शहरमा भब्यताका साथ सम्पन्न भएको छ । मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले बदन योङहाङको नेतृत्वमा २६ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितीमा उपाध्यक्षद्वय मेख गुरुङ, पूर्णबहादुर विश्वकर्मा, महासचिव प्रदीप अधिकारी, सचिव इश्वरी शर्मा, विश्वबहादुर शाह, कोषाध्यक्ष शेरबहादुर छन्त्याल र सदस्यहरु रकेन्द्र घिमिरे, माकुना राई, दिल आले, बिष्णु शर्मा, इश्वर पाठक, सुशिला पराजुली, मुना राई, भक्त श्रेष्ठ, गंगालाल श्रेष्ठ, किरण श्रेष्ठ, रिकेश सेन्चुरी, रामदाश श्रेष्ठ, ईन्द्र न्यौपाने, टंक खड्का, प्रकाश बस्याल, भुवन सिंखडा, भिमबहादुर पुन, गोपाल रेग्मी, मोहन पुन रहेका छन् ।

उपस्थित अतिथिहरु, पत्रकार र जनसमुदायलाई अन्तरराष्ट्रिय गीत र बदन योङहाङको स्वागत मन्तब्यबाट शुरु गरिएको उक्त अधिवेशनको उद्घाटन नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका संस्थापक सल्लाहकार रामबहादुर गुरुङले चारवटा मैनबत्ती बालेर गरेका थिए । यूरोप मोर्चाको अधिवेशनलाई सफल बनाउन पोर्तुगल, जर्मनी, स्पेन, अमेरिका लगायतका देशहरुको मोर्चाका नेतृत्व, प्रतिनिधि, प्रयवेक्षकहरुको उपस्थिती रहेको थियो । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र अन्तरराष्ट्रिय बिभाग इन्चार्ज तथा स्थायी समिती सदस्य प्रकाण्ड सीले मोर्चा, यूरोपको अधिवेशनलाई भब्य सफललताको लागि लिखित शुभकामना पत्र पठाउनु भएको थियो । त्यसैगरी नेपाली जनप्रगतिशील मोर्चा, मध्यपूर्व प्रथम सम्मेलन आयोजक समितिका संयोजक रमेश गिरी, नेपाली जनप्रगतिशील मोर्चा, कतार र साउदीले अधिवेशनको सफलताको लिखित शुभकामना पठाएका थिए ।

सम्मेलनमा प्रवासी नेपाली मंच बेल्जियमकी अध्यक्ष चन्द्र कुमारी गुरुङ, नेपाली व्यवसायी संघ बेल्जियमका महासचिव जगदिश सापकोटा, पर्वत समाज बेल्जियमकी अध्यक्ष दुर्गा गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाका अध्यक्ष विश्वबहादुर शाह, एनआरएन बेल्जियमकी महिला उपाध्यक्ष शुशीला खतिवडा, नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका संयोजक भक्त श्रेष्ठ, नेपाली जनप्रगतिशील मंच युरोपका प्रतिनिधी कृष्ण तिवारी, नेपाली जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विश्वकर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

मन्तव्यको क्रममा देशमा धेरै विकृती बढ्दै गइरहेको छ । देश बदल्न पर्ने जरुरी छ । हामी देश बदल्ने भन्छौ तर थुप्रै समूहमा विभाजित छौ र कमजोर छौं । हामी कसरी एक हुन सकिन्छ त्यसको खोज गर्न जरुरी छ । प्रवासमा भएका समस्याहरुलाई हल गर्न हामी बीचमा राजनैतिक वैचारिक बहसमा भएपनि एक ठाउमा उभिने बेल्जियमवासी नेपालीहरुको संस्कारलाई निरन्तरता दिन पर्ने कुरामा जोड दिएका थिए । त्यस्तै नेकपाको रणनैतिक र राजनैतिक निती र वैज्ञानिक समाजवादी सत्ताको रुप के हुन्छ भने जिज्ञासा राखेका थिए । तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मनिष गुरुङ र तमुधि बेल्जियमकी अध्यक्ष प्रविणा गुरुङले कोशी प्रदेश नामाकरणलाई खारेज गर्न माग गर्दै पहिचान पक्षधर आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । उक्त अवसरमा अनेसासं बेल्जियमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बेल्जियमका उपाध्यक्ष डिल्ली अम्माईले मोर्चाको विगतको उपलब्धीमूलक राजनैतिक तथा सामाजिक कामको चित्रण गर्दै लिखित शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

अधिवेशनको उद्धघाटन गर्नुभएका रामबहादुर गुरुङले नेपालको राजनैतिक अवस्थाको चर्चा गर्दै हामी विदेशमा आईयो, यहां पनि नेपालीहरुको समस्या देखियो । ती समस्याको हल गर्न हाम्रो संगठनले थुप्रै पहल गर्यो । अहिले धेरै साथीहरुको व्यक्तिगत जीवन राम्रो छ तर हामीमा नेपालको चिन्ता छ र भइरहन्छ । त्यसैले हामी संगठित छौ । नेपालमा केही राजनैतिक परिवर्तन भयो तर समस्या ज्यूँकात्यू छ । अहिले देशमा अन्तरराष्ट्रीय हस्तक्षेप द्रुत गतिमा बढीरहेको छ । नेपाल श्रमिक निर्यात गर्ने देश भइरहेको छ । यसबाट निकास दिन जरुरी रहेको बताए।

कार्यक्रमका अध्यक्ष विष्णु भुजेलले अधिवेशनका क्रममा उठेका जिज्ञासाहरुको उत्तर दिंदै नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका आधार र नीतीहरुको चर्चा गरेका थिए भने कार्यक्रमको संचालन मोर्चा, बेल्जियमका अध्यक्ष मेख गुरुङले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।