२२ बैशाख २०८१, शनिबार

महिला अधिकारको मुख्य बाधक दलाल पुँजीवादी व्यवस्था हो : बलवान

0

अखिल नेपाल महिला संघ क्रान्तिकारी कालिकोटको आठौ पूर्ण बैठक रास्कोट नगरपालिकाको वडा नम्बर ४ मा सम्पन्न भएको छ ।
बैठकका प्रमुख अथिति नेकपाका केन्द्रीय सदस्य बलवान सीले दलाल व्यवस्था कारणले गाउँगाउँमा लघु वित्तीय सहकारी संस्थाले पूरै महिलाहरूलाई आत्महत्या गाउँ र घर नै छोड्नु पर्ने अवस्थाको सृजना गरेको बताए । कयौँ महिलाहरू आफ्नो देश छोडेर विदेशीनु पर्ने अवस्था आएको भन्दै उनले त्यस्ता लघु वित्तीय सहकारी र यो दलाल व्यवस्थाका विरुद्ध लाग्न अपिल गरे । सम्पुर्ण महिला संगठनहरूले आफ्नो पालिका र गाउँ टोलमा एक संगठन र एक उत्पादन अनिवार्य गर्नु पर्ने बताए ।
उक्त बैठकमा केन्द्रीय प्रतिनिधि सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरी साहसी सी, रास्कोट नगरपालिका इन्चार्ज निर्देशन सी, कर्णाली राष्ट्रिय मोर्चाकी केन्द्रीय सदस्य छाया सीको उपस्थिति रहेको थियोे । बैठकको अध्यक्षता नविना सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।