२२ बैशाख २०८१, शनिबार

युवा संगठन नेपाल पश्चिम बाजुराको अध्यक्षमा प्रेम सी चयन

0

बाजुरा/ नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध युवा संगठन नेपाल पश्चिम बाजुराको अध्यक्षमा प्रेम सी चयन भएका छन।जिल्लाको बुडिगङ्गा नगरपालिकाको बम्का बजारमा बुधबार सम्पन्न प्रथम जिल्ला सम्मेलनले प्रेम सीको नेतृत्वमा ९ सदस्यीय जिल्ला समिति चयन गरेको हो।

युवा संगठन नेपालको जिल्ला भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज एण्डिज सी,केन्द्रिय प्रतिनिधि समिति सदस्य स्वर्णिम सी, नेकपा बाजुरा सल्लाहकार संयोजक आकाश सी लगाएतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा केन्द्रिय सदस्य एण्डिजले नेपालको युवा आन्दोलन, युवाहरुको बर्तमान जिम्मेवारी र समाजमा रहेका अन्याय, अत्याचार , भ्रष्टाचार र अन्य बिकृति बिरुद्धको संघर्षको लागि युवा परिचालनबारे प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।