८ बैशाख २०८१, शनिबार

युवा संगठन नेपाल पश्चिम दाङको अध्यक्षमा आकाश

0

तुलसीपुर: युवा संगठन नेपाल पश्चिम दाङको अध्यक्षमा आकाश सी निर्वाचित भएका छन् ।
शनिवार तुलसीपुरको भुह्यारथाँनमा भएको संगठनको छैठौं जिल्ला सम्मेलनले आकाश सीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । जसको सचिवमा तुल बहादुर सी, कोषाध्यक्षमा दामोदर सी र सदस्यहरुमा निरोज सी, मनोज सी , सन्तु सी , शुरेश सी , धर्मराज सी , डम्बर सी , उत्सव सी , प्रेम सी , प्रशान्त सी , सम्झना सी , तुलसी सी , सपना सी , विकाश सी , भुपेन्द्र सी , डम्बर सी , यम कान्छा , गणेश सी , गोपाल सी रहेका छन् ।
कार्यसमितिमा उपाध्यक्ष र सह-सचिव पछि चयन गरिने संगठनले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङको छैठौं जिल्ला सम्मेलनमा नेकपाका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्य रहेको थियो ।

सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सी , संगठनका केन्द्रीय महासचिव तिलक सी , नेकपा पश्चिम दाङका सचिव निर्मल सी , नेकपा राप्ती ब्युरो कार्यालय सचिव विकास सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज जिवनी सी , युवा संगठन नेपाल नारायणी ब्युरो इन्चार्ज विवेक सी , नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सी , नेकपा बबई गाउँपालिका इन्चार्ज उज्वल सी , अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य बिजय सी , अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , महिला संघका पश्चिम दाङका संयोजक प्रकृति सी , जनसेवक दाङका प्रमुख प्रतिरोध सी , श्रमिक समुदाय मोर्चा पश्चिम दाङका संयोजक दिल बहादुर सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज सुदर्शन सी , राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य नर बहादुर सी , सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती सी लगाएतको आतिथ्य रहेको थियो भने सम्मेलनमा अतिथिहरुले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज जिवनी सीले प्यानल प्रस्ताव गरेकी थिइन् भने नवनिर्वाचित कार्यसमितिलाई नेकपा राप्ती ब्युरो कार्यालय सचिव विकास सी , नेकपा पश्चिम दाङका सचिव निर्मल सीले बधाई मन्तव्य व्यक्त गरेका थिए ।
सम्मेलनबाट निर्वाचित अध्यक्ष आकाश सीले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए ।

युवा संगठन नेपालका नेता सपनशिलाले संचालन गरेको कार्यक्रममा युवा संगठन नेपाल पश्चिम दाङका संयोजक दिपेन्द्र सीले अध्यक्षता गरेका थिए ।

सम्मेलनमा तुलसीपुर -३ बाट नेकपा एमाले परित्याग गरि काशीराम नेपालीले नेकपाका प्रवेश गरेका थिए । उनलाइ पार्टीका पोलिट्ब्युरो सदस्य शितल सी लगाएतका नेताहरुले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा सामना परिवार पश्चिम दाङले विभिन्न जनवादी नृत्यहरु प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।