२५ बैशाख २०८१, मंगलवार

भुकम्प पीडितहरुको वैकल्पिक व्यवस्था विना संरचना नहटाउन नेकपा नुवाकोटको आग्रह

0

 

नुवाकोट।नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति नुवाकोटले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी र भूकम्प पीडित हरुको टहरा नहटाउन आग्रह गरेको छ। नुवाकोटको विदुर नगरपालिकाले पिडित वस्तीमा घर टहरा खाली गर्न ३५ दिने सूचना जारी गरे पछि नेकपा नुवाकोटले सो आग्रह गरेको हो। नेकपा नुवाकोटका सेक्रेटरी वसन्त सीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस बस्तीको बैकल्पिक व्यवस्था नगरी तत्काल संरचना नहटाउन सम्वन्धित निकाय र सरोकार वालाहरुमा आग्रह गरेका हुन। विज्ञप्तिमा भनिएको छ,

 

हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी संसदिय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाका निमित्त निरन्तर संघर्षमा छ। यतिबेला देशमा विभिन्न काण्ड भ्रष्टचार अनियमितता नक्कली भुटानी शरणार्थी जस्ता गम्भिर विषयहरु सामाजीक रुपमामा आइरहेको छ । यो दलाल संसदिय व्यवस्थाको असफलता हो ।

 

यसै अनुरूप नुवाकोट जिल्ला विदुर नगरपालीका वडा नं. १ (साबिक भैरवी गा.वि.स. वाड न. १) सिम्मुटार स्थित विभिन्न समस्याका कारण गरिब सुकुम्बासी र भुकम्प पिडित जनताहरु विगतलामोसमय देखि बसोबास गर्दै आईरहेको सबैलाई अवगतनै छ। वस्तीको बैकल्पिक व्यवस्था नगरी घर, टहरा हटाउन विदुर नगर पालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकासन गरियको निर्णय प्रति हाम्रो पार्टी गम्भिर आपती प्रकट गर्दछ । जनताको गाँस, बास र कपासको व्यवस्था गर्न राज्यका अनिवार्य दायित्व हो । त्यस बस्तीको बैकल्पिक व्यवस्था नगरी तत्काल संरचना नहटाउन सम्वन्धित निकाय र सरोकार वालाहरुमा आग्रह गर्दछौं । अन्यथा उत्पन्न हुने समस्याको जवाफदेहि सम्बन्धित निकाय हुनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।