१६ चैत्र २०८०, शुक्रबार

देशका लुटेरा र भ्रष्टहरुलाई जनताले ठेगान लगाउने बेला आएको छ:सुमनसिंह सी

0

झापा | नेकपाका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले देश र जनतालाइ चौतर्फी दुख दिने भ्रष्ट र लुटेराहरुलाई जनताले ठेगान लगाउने बेला आएको टिप्पणी गरेका छन। हिजो झापाको दमनमा सामना जनसंगित अभियान अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुमन सिंहले सो कुरा बताएका हुन ।

यतिबेला मिटर ब्याजिले मान्छेको घर उजाड बनाएको, बित्तिय संस्थाले मान्छेलाइ दुख दिएको, जताततै जनतालाई मर्न बाध्य पार्दै लगिएको अवस्थामा आफ्नो पार्टी चुप लागेर बस्न नसक्ने उनले बताए । उनले हामिलाई साथ दिनुस लुटेराहरुलाई जनकारबाही गर्ने समय आएको भन्दै त्यसका लागि नेकपा जनताको नेतृत्व गर्न तयार रहेको बताए । उनले सबैलाइ बिद्रोहको निम्ति उठ्न अपिल समेत गरेका छन ।

इन्चार्ज सुमनसिंह सीले देशमा गम्भीर रास्ट्रघात हुन लागेकोप्रति संकेत गर्दै यतिबेला स्वतन्त्रको नाममा खुलेका पार्टीहरु, अराजक भिड, काठमाडौंमा बसेर बुद्धिबिलास गर्ने युवा अनुहारका पश्चिमा दलालहरुले पैदा गर्न सक्ने भ्रमबाट जनतालाइ बचाउनु र सहि मार्गमा हिंडाउनु आफ्नो पार्टीको दायित्व रहेको बताउंदै सोहि काम यो जनसंगीत अभियानले गरिरहेको बताए ।

पहिचानको माग गर्ने जनताले गरेको संघर्षका क्रममा दमकमा भएको गोलि प्रहार खेदजनक र आपत्तीपुर्ण रहेको बताउंदै जनतामाथी गोलि प्रहार गर्ने अधिकार दमकको डिएसपिलाइ कसले दियो भनेर उनले प्रश्न समेत गरे । गोलि प्रहारबाट घाइते युवाको अवस्था गम्भीर छ, घाइतेलाइ एकपटक गएर हेर्न सरकारलाई अनुरोध सहित चेतावनी दिएका छन । जनता माथि हुने कुनैपनी दमन आफूहरुलाई मान्य नहुने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य आरोह सीले देश र जनताको वर्तमान अवस्था, पार्टीले गरिरहेको संघर्षको स्थिती, र अब जनताले खेल्नु पर्ने भुमिकाको बिषयमा साङ्गीतिक प्रस्तुतिका विभिन्न भागहरुमा राखेका थिए भने जनकलकारहरुको भव्य प्रस्तुतिले दमकको माहोल उल्लासमय भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।