१५ बैशाख २०८१, शनिबार

अखिल (क्रान्तिकारी ) मकवानपुरद्वारा डिबी सीको गिरफ्तारी विरुद्ध विरोध प्रदर्शन

0

मकवानपुर: डिबी सीको गैरन्यायिक गिरफ्तारको विरुद्ध मकवानपुरमा विरोध कार्यक्रम भएको छ । कार्यक्रम अखिल (क्रान्तिकारी) मकवानपुरले गरेको हो । झुट्टा मुद्दामा सोह्रखुट्टे हिरासतमा राखिएका डिबी सीको रिहाइको माग गर्दै गरेको विरोध कार्यक्रममा भ्रष्टाचारी, दलाल, शैक्षिक माफिया लगायतलाई खबरदारी पनि गरेको छ ।

संगठनका केन्द्रिय सचिवालय सदस्य तथा सिटिइभिटी व्युरो इन्चार्ज डिबी सीलाई गत जेष्ठ १ गते ५९ औं विद्यार्थी दिवसको कार्यक्रम स्थल राष्ट्रिय नाचघर जमलबाट प्रहरीले कृति आर्थिक मुद्दा  बनाई षड्यन्त्रपूर्ण ढंगले झुट्टामुद्दामा गिरफ्तार गरि सोह्रखुट्टे हिरासतमा राखिएको छ । विद्यार्थी दिवसको कार्यक्रमबाटै डिबी सीलाई गुण्डागर्दी शैलिमा प्रहरीले गरेको गिरफ्तारीको विरोध गर्दै अखिल (क्रान्तिकारी) मकवानपुरले तत्काल उनको रिहाइको माग गरेको छ । कार्यक्रमको सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सीले विनाकारण झुट्टामुद्धामा समातेर हिरासतमा राखिएका डिवि सी तत्काल रिहाई गर्न माग गरेका छन् । यदि सरकारले उनको रिहाईमा ढिलासुस्ती भएमा अखिल (क्रान्तिकारी) थप संघर्षमा जान बाध्य हुने र त्यसको जिम्मेवारी सरकार आफै हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

त्यस्तै विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीले विनाकारण प्रहरीले डिवि सीलाई गिरफ्तार गर्नु संगठन माथिको अपहेलना भएको बताए । उनले भने अखिल (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखी नै विभिन्न बलिदानीपुर्ण संघर्षको मैदानबाट उदाउँदै आएको छ । लामो संघर्षको बिचबाट गौरवपूर्ण इतिहास रच्दै आएको अखिल (क्रान्तिकारी) माथी भएको प्रहरीको नाङ्गो हस्तक्षेप असह्य भएको भन्दै गिरफ्तार गरिएको डिवि सीलाई विनासर्त रिहाइ गर्न माग गरेका छन् । साथै उनले समग्र विद्यार्थीहरुको हकहित र अधिकारका लागि आवाज उठाउने, देश र जनताको लागि आफ्नो ज्यानको आहुती दिन तयार भएका युवा विद्यार्थीलाई गिरफ्तार गर्नुको साटो भ्रष्टाचारी, दलाली, शैक्षिक माफिया, बलात्कारी, हत्यारा जस्तालाई गिरफ्तार गरि दण्ड सजाय दिन चुनौती दिएका छन् । साथै ती भ्रष्टाचारी, दलाली, शैक्षिक व्यापारी लगायतकालाई अखिल (क्रान्तिकारी) बाट सचेत रहन खबरदारी समेत गरेका छन् ।

यसरी मकवानपुर बहुमुखी क्याम्पस अगाडि भएको विरोध कार्यक्रमलाई संगठनका सहसचिव तथा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सहसचिव सुबास सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।