१६ चैत्र २०८०, शुक्रबार

अखिल (क्रान्तिकारी) धौलागिरीले संगठन विस्तार र उत्पादन कार्यलाई अगाडि बढाउने

0

 

बागलुङ।अनेरास्ववियु (क्रान्तिकारी) धौलागिरी ब्युरोको प्रथम बैठकले संगठन विस्तार र उतपादनको कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ। आईतवार बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा वसको  बैठकले आगामी दिनमा बागलुङ ,म्याग्दी र मुस्ताङमा भएका क्याम्पसहरुमा संगठन बिस्तार गर्ने र उत्पादनको कार्यक्रम अगाडि बढाउने साथै सङ्ग्रहको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।

 

अनेरास्ववियु (क्रान्तिकारी) धौलागिरी ब्यूरो को प्रथम बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सिले विद्यार्थी राजनीतिबाट गएको व्यक्तिले देशको नेतृत्व सही ढंगले गर्न सक्ने बताए।

उनले भने पटक पटक सरकारमा बसेका ठूला दल भनिने हरुले स्वार्थपुर्ण राजनीति गरेको कारण बिगर्दो राजनीति अबस्था देखेर अहिलेको युवा पुस्तामा राजनीतिलाई हेर्ने नजर सकारात्मक नभएको भताए। अब यो संसदिय व्यवस्था फेल खाएको र यो व्यवस्था देखी युवा पुस्ता मात्रै न भएर सम्पुर्ण नेपाली असन्तुष्ट भएको ले अबको विकल्प भनेको नेपाल कम्युनिस्ट पार्टी नै रहेको उनको दाबी थियो।

 

बैठकमा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र सिले मन्तव्य राख्दै अनेरास्ववियु क्रान्तिकारीले केही समय अघि भएको स्वबियु चुनावमा देशभरकै क्याम्पसहरु मध्य केहि क्याम्पसहरुमा जित्न सफल भएको र अनेरास्ववियु क्रान्तिकारीले जितेको क्याम्पसहरुमा छोटो समयमै राम्रो कामहरु गर्दै गएको उनले बताए ।

 

बैठकमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सि, पार्टीको केन्द्रिय प्रतिनिधि प्रसिद्ध सि, अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्ष नरेन्द्र सि र , अनेरास्ववियु क्रान्तिकारी धौलागिरी ब्यूरो इन्चार्ज लक्ष्मण सि , सुधन सि ,मनिसा सि राजन सि लगाएतको उपस्थिति रहेको थियो। 

 

बैठकले बागलुङ जिल्ला सम्योजक सुधन सि , म्यादी जिल्ला सम्योजक मनिसा सि र मुस्ताङ जिल्ला सम्योजक राजिब सि लाइ जिम्मेवारी दिइएको छ। 

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।