११ बैशाख २०८१, मंगलवार

नेकपाद्वारा राजनीतिक सम्वाद समिति गठन

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले विभिन्न पार्टी , देशभक्त शक्तिहरुहरु सङ्ग छलफल र बार्ता गर्नका लागि पार्टी स्थायी समिति सदस्य कर्णजीत सीको नेतृत्वमा राजनीतिक सम्वाद समिति गठन गरेको छ।शुक्रवार नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा सम्पन्न नवौं केन्द्रिय समितिको एकताको बिशेष बैठकले यस्तो निर्णय गरेको हो।

मुलुकमा आर्थिक/ राजनीति संकट गहिरिदै गएको,बाह्य हस्ताक्षप उत्कर्षमा पुग्न थालेको र देशलाई निकास दिन जरुरी रहेकोले राजनीतिक सम्वादका लागि बार्ता समिति गठन गरि छलफल , अन्तर्कृया र सम्वाद गर्न समिति निर्माण गरेको श्रोतले जानकारी दिएको छ।

देशमा बढ्दै गएको राजनीति आर्थिक संकटको स्थितिमा माओवादी , कम्युनिस्ट , देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिहरूबिच एकता, सहकार्य र मोर्चाको निर्माण गर्दै रास्ट्रीय स्वाधीनताको रक्षा गर्न र संसदीय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवाद स्थापना गर्न नेपाल कम्युनिस्ट पार्टीले पहल गर्नु अहिलेको ऐतिहासिक आबश्यकता भएको निष्कर्ष सहित राजनीतिक सम्वाद समिति गठन गरेको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।