१२ श्रावण २०८१, शनिबार

घोराहीमा नेकपाको पार्टी सदस्यहरुको एरिया स्तरीय प्रशिक्षण सम्पन्न

0

 

घोराही । नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङको पार्टी सदस्यहरुको एरिया स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आज शनिवार घोराहीको साइ मन्दिरको सभाहलमा सुरु भएको प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले विशेष प्रशिक्षण दिएको नेकपाले जनाएको छ ।

 

प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पुर्वी दाङका इन्चार्ज सम्झना सी , नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा पुर्वी दाङका सचिव जनक सी लगाएत नेकपाका जवस/मोर्चा सम्बद्ध जिल्लाका संयोजक तथा सिसिएमहरुको आतिथ्य रहेको थियो ।

नेकपाका नेता महानको संचालनमा सुरु भएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेता किसन सीले गरेका थिए ।

 

यस्तै प्रशिक्षण कार्यक्रमको सन्दर्भमा पुर्व जनमुक्ति सेना नेपालका कमान्डर रेशम बहादुर विक (टाइसन)नेकपामा ध्रुवीकृत भएका छन् । पार्टीमा धृबिकृत भएका नेता रेशमलाई कार्यक्रममा पुष्पगुच्छा मार्फत भव्य स्वागत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।