२४ बैशाख २०८१, सोमबार

रवि साम्राज्यवादका एजेण्ट हुन् : सुशिल सी

0

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले रवि लामिछाने अमेरिकी साम्राज्यवादको असली एजेण्ट भएको आरोप लगाएका छन् । नेकपा उपत्यका ब्युरोले आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले रवि अमेरिकी साम्राज्यवादको एजेण्ट भएकाले उनी समस्याको समाधान नभएको बताए ।

जनताले राम्रो मत दिएर भरोशा गरेको प्रति लक्षित गर्दै उनले भने, ‘जेलेस्की जस्तै हो रवि । रवि साम्राज्यवादको एजेण्ट हो । रवि नेपालको समस्या होइन, यो समाधानन पनि होइन । रवि दलाल पुँजीवादको एजेण्ट हो ।’

सुशिलले रविका वरिपरी राजवादी र धर्मका प्रचार रहेको भन्दै उनी प्रतिगमनकारीको मतियार भएको ठोकुवा गरे । ‘हामीले रविको वरिपरी पूर्वराजाका व्यक्तिहरु देखिरहेका छौं । केही धर्म प्रचारकहरु पन छन् ।’, उनले भने, ‘यी नेपालका प्रतिगमनकारी शक्ति हुन् । उनी नेपालमा गोल गर्न आएका हैनन् । गोल खान आएका हुन् । ।त्यहीभरु उनीप्रति हामीले धेरै विश्वास गर्नु हुँदैन ।’

अमेरिको विभिन्न बहानामा मोर्चाबन्दी गरिरहेको भन्दै कम्युनिस्टहरुले पनि मोर्चाबन्दी गर्नुपर्ने आवश्यकता महशुस भएको बताए । ‘देशमा अमेरिकाले एउटा मोर्चा बनाएको छ । त्यो निकै शक्तिशाली छ ।’, उनले भने, ‘यो मोर्चा देशका लागि खतरा छ । त्यही भएर त्यसका विरुद्धमा हामीले समाजवादी मोर्चा बनाउने निर्णय लिएका छौं ।’

कार्यक्रम व्युरो इन्चार्ज कृति सीको अध्यक्षतामा सम्पन्न भएको थियो पार्टी केन्द्रीय सदस्य विद्रोही सीले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा पोलिटव्युरो सदस्य माइला सी, मिलन सी, आस्था सी, शितल सी, बन्दु सी र केन्द्रीय सदस्यहरु विश्वक्रान्ति सी, रामलाल सी, विहानी सी, मिना सी, राजकुमारी सी, भृकुटी, अडिक सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जनसांस्कृति महासंघका कलाकारहरुले आफ्नो सांस्कृतिक प्रस्तुति राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।