२५ बैशाख २०८१, मंगलवार

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय लागु गर्न माग

0

धनगढी / नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोले कैलालीको गेटामा निर्माणाधीन सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानमा झार्ने र बिश्वविद्यालय हुन नदिने गरि सरकारले बजेट बक्तव्य मार्फत गरेको निर्णयले सुदुरपश्चिमबासीहरुको चाहानाको उपेक्षा गरेको भन्दै बिरोध जनाएको छ।नेकपा केन्द्रिय सदस्य तथा सेती ब्युरो इन्चार्ज भगतसिंह सीद्वारा शनिबार जारी प्रेस बिज्ञप्ती मार्फत नेपाल कम्युनिस्ट पार्टीले सरकारको उक्त निर्णय सच्याउनु पर्ने,बिगतमा बिश्वबिद्यालय बनाउने गरि ल्याइएका कानुन , निर्णय र भौतिक पुर्वाधारमा गरिएको लगानीको कार्यान्वयन गरिनुपर्ने माग गरेको छ।

इन्चार्ज भगत सिंहद्वारा जारि बिज्ञप्तीमा-२०६५/०६६ को बजेट देखि हाल सम्म नेपाल सरकारले विश्वविद्यालयको पुर्वाधार निर्माणमा साढे पाँच अर्व भन्दा बढी रकम खर्च गरिसकेको , लगभग ५१.५ हेक्टरमा निर्माण भएको भौतिक संरचना नेपाल कै नमुनायोग्य  भएको  तर विडम्बना अहिले आएर केही माफिया र राजनैतिक दलका केही नेताहरुको निहित स्वार्थका कारण उक्त संरचना लावारिस अवस्थामा रहने हो कि भन्ने चिन्ता र आशङ्का बढ्दै गइरहेको , यदि यसो हुन पुगेमा यस क्षेत्रका नागरिकहरुप्रति ठुलो बेइमानी हुनेछ भन्दै विश्वविद्यालय निर्माणका लागि र सरकारको गलत निर्णय विरुद्ध हुने आन्दोलनप्रति समर्थन र सहभागिता रहने समेत बताइएको छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने नेपाल सरकारको निर्णय कार्यान्वयनको लागि नागरिक स्तरबाट सुदूरपश्चिममा विगत केही दिन देखि भइरहेको आन्दोलनवारे हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । यस क्षेत्रको मात्र नभई राष्ट्रकै गौरव, जनताको गुणस्तरीय एवम् सुलभ स्वास्थ्य सेवाको चाहना र आवश्यकता, दक्ष जनशक्ति उत्पादनको अपेक्षा, यस क्षेत्रका जनताको अर्थजीवन र आत्मसम्मान तथा अधिकारको विषयसँग जोडिएको विश्वविद्यालय संचालनको मुद्धालाई लिएर जुनसुकै रुपमा गरिने आन्दोलनप्रति हाम्रो पार्टीको पुर्ण समर्थन र सहभागिता रहनेछ ।

२०६५/०६६ को बजेट देखि हाल सम्म नेपाल सरकारले विश्वविद्यालयको पुर्वाधार निर्माणमा साढे पाँच अर्व भन्दा बढी रकम खर्च गरिसकेको अवस्था छ । लगभग ५१.५ हेक्टरमा निर्माण भएको भौतिक संरचना नेपाल कै नमुनायोग्य छ । तर विडम्बना अहिले आएर केही माफिया र राजनैतिक दलका केही नेताहरुको निहित स्वार्थका कारण उक्त संरचना लावारिस अवस्थामा रहने हो कि भन्ने चिन्ता र आशङ्का बढ्दै गइरहेको छ । यदि यसो हुन पुगेमा यस क्षेत्रका नागरिकहरुप्रति ठुलो बेइमानी हुनेछ ।

अतः २०७९ माघ २९ गते नेपाल सरकारले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय र २०८० जेठ ५ गते संघिय संसदमा प्रस्तुत निति तथा कार्यक्रममा विश्वविद्यालय निर्माण गर्ने घोषणा, विश्वविद्यालय संचालन सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा पारित गर्ने र अस्पताल संचालनमा ल्याउने निर्णय अविलम्ब अक्षरशः कार्यान्वय गरियोस । साथै विश्वविद्यालय सञ्चालनवारे नेपाल सरकारको निर्णय र राष्ट्रपतिद्धारा संघिय संसदमा प्रस्तुत सरकारको निति तथा कार्यक्रमलाई लत्याउदै ०८०/०८१ को संघीय सरकारको बजेट भाषणमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिस्ठान निर्माण गर्ने कुरा यस क्षेत्रको जनचाहना र आवश्यकता विपरित हुन गएकोले अविलम्ब सच्याइयोस ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।