१२ श्रावण २०८१, शनिबार

विद्यार्थीलाई कक्षा कोठामा थुनेर निर्घात कुटेको भन्दै अखिल (क्रान्तिकारी) द्वारा कारबाहीको माग 

0

काठमाडौं।विद्यार्थीलाई कक्षा कोठामा थुनेर निर्घात कुटेको भन्दै अखिल (क्रान्तिकारी) ले कारबाहीको माग गरेको छ।

शनिवार संगठनका काठमाडौं (K4) जिल्ला संयोजक सुनिल सीले एक विज्ञप्ती जारी गर्दै, काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० स्थित कपनमा रहेको बाल उद्दार माविमा कक्षा १० मा अध्यान गर्ने छात्र अनिस लामिछाने माथि ३ जना शिक्षकहरूले निर्घात कुटपिट गरी अस्पताल भर्ना भएको घटनाप्रति आफनो गम्भिर ध्यानाकर्षण भएकाे जनाएका छन्। 

साथै उनले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीको माग समेत गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,”काठमाण्डौको बुढानिलकण्ठ न.पा. – १० स्थित कपनमा रहेको बाल उद्दार मा.वि मा जेठ २२ गतेका दिन कक्षा १० मा अध्यनरत १५ वर्षीय अनिस लामिछाने माथि ३ जना शिक्षकहरुः उदयराज कार्की, रोशन श्रेष्ठ र सौरब गौतम मिली निर्घात रूपमा कुटपिट गरेका छन् त्यस्तै गरी उदयराज कार्किले भने कक्षा कोठामा थुनेर निर्ममतापूर्वक कुटेको पीडित अनिसले बताएका छन्, अहिले पीडित मानिस अस्पतालमा भर्ना छन् भने दिशा पिसाब हिँडडुल गर्न पनि नसक्ने भएका छन्, तसर्थ यस घटनाप्रति हाम्रो संगठन घोर निन्दा र भत्सर्ना गर्दछ उक्त शिक्षकहरूलाई कडा भन्दा कडा कारबाही गरी सत्य तथ्य छानबिन गरी कानुनी  कारबाहीको जोडदार माग गर्दछ अन्यथा हाम्रो संगठन कडा भन्दा कडा संघर्ष गर्न बाध्य हुने छ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।