१२ श्रावण २०८१, शनिबार

अब प्युठानमा वर्षा र हावाको गति एकैसाथ मापन हुने

0

प्युठान: अबदेखि प्यूठानमा पहिलो पटक मौसम मापन यन्त्र मार्फत वर्षा मापन हुने भएको छ । माण्डवी गाँउपालिका वडा नं. २ रातापानी स्थित स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तरगत मौसम मापन यन्त्र जडान गरी वर्षा मापन गरिने भएको हो ।
टेक्नोलोजी फर इनर्जी इन्भाइरोमेन्ट प्राइभेट लिमिटेड काठमाडौँद्वारा नेपालमै आविष्कार भई संयुक्त राष्ट्रसंघबाट पुरस्कृत समेत भएको मौसम मापन यन्त्र स्मार्ट कृषि गाउँ कार्यक्रम मार्फत गरिएका कृषि जन्य खेतीहरु स्तरिय उत्पादनमा मौसम मापनले महत्वपुर्ण सहयोग पुग्ने स्मार्ट कृषि गाउँ कार्यक्रम रातापानीका अध्यक्ष नारायण प्रसाद अधिकारीले बताए ।
अब यस यन्त्रबाट त्यस ठाउँको प्रत्येक घण्टाको तापक्रम, हावाको गति र दिशा, हावामा पानीको मात्रा र वर्षा मापन सम्वन्धि जानकारी प्राप्त हुने प्राविधिक भिम काफ्लेले जानकारी दिए ।
रातापानी स्थित वडा कार्यालय भवनको छतमा जोडिएको मौसम मापन यन्त्रको चाबी कम्पनीको प्राविधिक टोली प्रमुख भिम काफ्लेबाट वडा सचिव घनश्याम अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
आज बिहान जडान गरिएको यन्त्रले समाचार तयार पार्दासम्मको तापक्रम ३३.७ डिग्री सेल्सियस, हावामा पानीको मात्रा ५० प्रतिशत, हावाको गति १ प्रति घण्टा, वर्षा शुन्य मिलिलिटर र दिशा ३१० एङ्गलमा रेर्कड भएको वडा कार्यालय रातापानीका प्राविधिक यज्ञ खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।