नेपालको भौगोलिक एकीकरणभन्दा अगाडि अर्थात् नेपाल केन्द्रित शासन प्रणालीमा प्रवेश गर्नुभन्दा अगाडि पनि उत्तर र दक्षिणका साम्राज्यवादीहरु घुसपैठ गर्थे । उपहार र मानपदवी तथा सगुन पठाउँथे । धर्म प्रचार उनीहरुको मुख्य औजार हुन्थ्यो । घना तथा बाघ, हात्ती, गैंडा, सर्प, बिच्छीजस्ता वन–प्राणीको बाक्लो बिगबिगी भएको चारकोशे झाडी, चुरे–पर्वत श्रृङ्खला दक्षिणतिर र हिमाली क्षेत्र उत्तरतिर तथा बिच–बिचमा हिम–नदीले नेपाललाई प्राकृतिक सुरक्षा–कवचको काम गरिरहेका थिए । ‘जति पानी फेरियो, उत्ति बोली फेरियो’ भन्ने उखानै थियो । निश्चित भौगोलिक सीमाभित्र निश्चित प्रकृतिको संस्कृति निर्माण हुनु स्वभाविक हुन्थ्यो । नेपाल एकीकरणपछि साम्राज्यवादको हस्तक्षेप भयो र राष्ट्रिय संस्कृति (धर्म, चेतना, मनोविज्ञान, कला, साहित्य) सबै अवरुद्ध भयो । त्यसैले नेपालमा दलाल पुँजीवादले कसरी हस्तक्षेप ग¥यो ? त्यसले राजनीतिक, आर्थिक र मनोविज्ञानमा कसरी प्रभाव पारिरहेको छ ? भन्ने अध्ययनले राष्ट्रिय संस्कृतिको निर्माणको बाटो खोल्नसक्छ । यहाँ सोही विषयमा संक्षिप्त चर्चा गरिनेछ ।
क) ऐतिहासिक पृष्ठभूमि
नेपालको राष्ट्रिय संस्कृति पुरातात्विक स्रोत र साहित्यिक स्रोतहरुमा छरिएर रहेको छ । देशका विभिन्न भाषा, भाषिका, तुलनात्मक भाषा–विज्ञान, माटोका भाँडा, ढुङ्गा, तामा, पित्तल, फलाम, लेख्य तथा श्रुती साहित्य, सांकेतिक तथा चित्रकला, लोकगीत, मिथक, कथा, उखान–टुक्का, चालचलन, खानपान, चाडपर्वको अध्ययनले राष्ट्रिय संस्कृतिको ज्ञान प्राप्त हुन्छ । इतिहास र स्थान विशेषका नामहरुले पनि इतिहास बोलिरहेका हुन्छन् । त्यसलाई सुन्ने र बुझ्ने चुनौती हाम्रो सामुन्ने रहेको छ ।
ई. पू. ४२०सम्म नेपाली समाज कविलाइ गणराज्यमा चलेको थियो । त्यसबेला गंगा मैदानमा अनेक प्रकारका गणराज्यहरु थिए । ती गणराज्यमा जन–परिषदले नीति निर्माण गर्थे । जन–परिषदले गणनायक चुन्दथ्यो । परिषदको फैसला अन्तिम हुन्थ्यो । जन–परिषदमा विचार राख्न पुरै स्वतन्त्रता थियो । ई. पू. १८०० तिर नै आर्य जातिमा विकृति आउन थालको कुरा सोही अवधिका ऋषि अंगिराले बताएका छन् । त्यसबेला सैन्यशक्ति प्रमुख कि जन–परिषद प्रमुख भन्ने बहस चलिसकेको देखिन्छ । सोही क्रममा ऋषि अंगिरा भन्छन्, “इन्द्रको अर्थ हामी सेना नायक भनेर बुझ्दछौं । सेना नायकलाई आर्य आफ्नो सबै थोक मान्दैनन् । युद्धको समयमा उसको आदेश शिरोधार्य गरे पनि आर्य जन–परिषदलाई सर्वोपरि मान्छन् । जहाँ हरेक आर्यलाई आफ्नो विचार राख्ने अधिकार हुन्छ ।” ऋषि अंगिराको समयमा नै फौजी सर्वोच्चता र नागरिक सर्वोच्चता कुन रोज्न भन्ने बहस आर्यहरुमा चलिसकेको थियो ।
ऋषि अंगिराकालमा नै आर्यहरुको समागम अनार्यहरुसँग भइसकेको र रक्त मिश्रण मात्र होइन, सोच्ने तरिका पनि अनार्यकरण भएको उनको धारणा थियो । अंगिरा दासप्रथा विरोधी थिए । त्यसले रक्त–मिश्रण हुने र सैन्यकरणको चेतना हावि हुने त्रास अंगिराको थियो । दासप्रथा कायम गर्दा आर्यले पराजित अनार्य (दास) नारीसँग यौन सम्पर्क गर्ने र त्यसले आर्य शुद्धता (श्रेष्ठता) नष्ट हुने त्रास ऋषिको थियो । ऋषि अंगिरा चेलाहरुसँग भन्छन्, “आर्यहरुमा असुरहरुको धर्मप्रति ठूलो घृणा छ, के कुरामा शंका छैन भने जुन दिन आर्यहरुमा राजा हुनेछ, त्यसै दिन असुरहरुको जस्तै पुरोहितप्रथा आउनेछ । त्यसपछि आयत्वलाई डुबाएरै छोड्नेछ ।” समाजमा युद्ध सरदारको हैकम बढ्दै र नागरिक सर्वोच्चताको प्रभाव कमजोर हुँदै गएको थियो । गणराज्यका जन–परिषदमा ऋषि याज्ञवल्क्य, विशिष्ट, विश्वामित्र, भारद्वाजहरुको जगजगी बढ्दै गयो । त्यो समूहले ऋषिका गार्गीसँग शास्त्रार्थमा पराजित भएपछि शिरोच्छेदन गर्ने धम्की दिएर गणराज्यको विवेकको शासन, परम्परा अन्त्य गरे । निर्वाचित तानाशाही प्रणालीको उदय भयो । राजा र ब्रँह्मणवादको मिलिभगत शासनको उदय भयो । धर्मका ठेकेदार ऋषिहरुले आफ्नो अनुकूल भएन भने राजालाई समेत ‘धर्म विरोधी’ आरोप लगाएर बर्खास्त गर्न थाले । त्यसरी कविलाइ गणराज्यको अन्त्य भयो र दासमालिक र पुरोहितवादको उदय भयो । त्यसको प्रभाव नेपालमा पनि प¥यो । जातिभेद, दासप्रथा, सतीप्रथा, मनुस्मृति अनेक उत्पीडनकारी कालो बादल मडारियो ।
पृथ्वीनारायण शाहको समयमा नेपालमा गणराज्यका अवशेषहरु भए पनि मूलतः सामन्ति शासन थियो । विशाल नेपालले राष्ट्रिय पुँजी (औद्योगिक पुँजीवाद)को बाटो सफा ग¥यो । आत्मनिर्भर पुँजीवादी अर्थ–प्रणाली स्थापित हुन पाएको भए सामन्तवाद र पुँजीवाद बिचको नयाँ अन्तरविरोध सृजना हुन्थ्यो । पुँजीवादको विजय निश्चित थियो । पुँजीवादले राष्ट्रिय संस्कृति तथा स्वतन्त्र चेतना निर्माण गथ्र्यो । तर सुगौली सन्धिपछि उदय भएको दलाल पुँजीवादले चाकर संस्कृतिको जग हाल्यो ।
ख) सुगौली सन्धिअघिको संस्कृति
पृथ्वीनारायण शाह नेतृत्वको नेपाल एकीकरणभन्दा अगाडि नै नेपालमा चीन र भारत (आजको भारतका विभिन्न देश)का घुमक्कडहरु र धर्मप्रचारकहरु नेपाल आउजाउ गर्थे । मध्यकालीन नेपालमा पनि क्रिश्चियनहरुले प्रभाव विस्तार गर्न खोजेका थिए । वि. सं. १६८५ (सन् १६२८)मा जोन क्रावालले प्रथम इसाई धर्म प्रचारकको रुपमा नेपाल मण्डल भ्रमण गरेका थिए । त्यसैगरी फादर ग्रोवरले वि. सं. १७१९ (सन् १६६२)मा त्तकालीन कान्तीपुरे राजा प्रताप मल्ललाई भेटेर दूरदर्शक यन्त्र उपहार दिएका थिए । घुमक्कड ग्रोवरले मल्ला राजाहरुमा आधुनिक यन्त्र उपहार दिएर आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ ।
नेपाल, चीन र भारतका ठूला राजा–महाराजाहरुको बिचमा प्राकृतिक किल्लाले बनेको, सुरक्षित रहेको देश थियो । ल्हासा र पाटलीपुत्रको संगम स्थल (त्चबलकष्त एयष्लत) भएको कारण विभिन्न देश र समुदायका व्यापारीहरुको बसोबास हुन्थ्यो । त्यसैगरी हिन्दु र मुश्लिमहरु आपसमा लडिरहने र पराजित राजा–राजौटाहरु शरण लिन आउँथे । त्यसरी आउने शरणार्थीले सुन, हिरा, दौलत, धर्म र संस्कृतिसमेत लिएर आउँथे । त्यसले राज्य र शरणार्थी दुवैलाई फाइदा हुन्थ्यो । शरणार्थीप्रति नरम भारतका राजा–महाराजा पनि खुसी हुन्थे । त्यसकारण नेपालका राजाहरुमा ‘शरणलाई मरण गर्नु हुँदैन’ भन्ने उदारवादी चिन्तनको विकास भयो । १६औं शताव्दीमा नै नेपालमा त्यस्तो चिन्तन विकास भएको थियो भने युरोपमा (मूलतः बेलायतमा) १८औं शताव्दीमा मात्र शरणार्थी मैत्री चिन्तन विकास भएको देखिन्छ । बेलायतलाई सस्ता श्रमिकको आपूर्ति गर्ने अवसरको रुपमा पनि त्यसले प्रोत्साहन भएको थियो भने नेपालमा व्यापारिक लाभ मुख्य थियो । त्यसप्रकारको चिन्तन तल जनस्तरमा ‘साँझका पाहुना देवता सरह’ हुन् भन्ने सोचाई विकास भयो । यातायात र सञ्चारको विकास नभएको उसबेला त्यो संस्कृतिले बटुवा, तिथीयात्री र व्यापारीलाई सुरक्षा र बासको चिन्ता हुँदैनथ्यो ।
भारतमा ऋषि मनुद्वारा मनुस्मृतिकालसम्म पुग्दा सामन्तवाद र ब्रह्माणवाद चरम स्थानमा पुगेको देखिन्छ । राजा जयस्थिति मल्लले काठमाडौंमा जातिवादलाई उत्कर्षमा पु¥याए । उनले दण्ड संहितालाई आर्थिक प्रश्नसँग जोड्ने व्यवस्था गरे । अभियुक्त आर्थिक दण्डको भागिदार बनाइयो । जातिप्रथा सबैभन्दा तल्लो भनिएको दलित समुदायप्रति निर्मम थियो । जसअनुसार कसाईले बाहुला भएको दौरा र पोडेहरुले टोपी, जुत्ता, सुनका गहना लगाउन नपाउने भए । तल्लो जातका पुरुषले माथिल्लो जातकी महिलासँग विवाह गरेमा दलितलाई मृत्युदण्ड दिने व्यवस्था गरियो । प्रेम विवाह पुरै निषेध भयो । हजाम, सुचिकार, चर्मकार, लोहार, पोडेहरुलाई तोकिएको बाहेक अरुले काममा खटाउन नपाउने व्यवस्था गरियो । त्यसरी ‘बालिघरे प्रथा’ले कानुनी स्वरुप ग्रहण ग¥यो । २०४६ सालसम्म पनि यस्ता धेरै प्रथा व्यवहारमा कायमै थिए । काठमाडौंका काँठमा २०४६ सालसम्म पनि ‘हेर कलियुग, मासिने जातका छोरा–छोरी पनि पुतली बनेर हिंडेका’ भन्ने गरेको सुनिन्थ्यो ।
ई. पू. १८०० सम्म भारत वर्षमा आर्य र अनार्यको बिचमा रक्त–शुद्धताको बहस थियो । ब्रह्माणवादको उदय ई. पू. ४२० मा याज्ञवल्क्यले पराजित अनार्यलाई दास बनाउने चलन चलाए । दासी र अछुतसँग समागम गरेर रक्त–मिश्रण व्यापक बनाइयो । जातिवाद आर्थिक र वंश घमण्डमा सीमित भयो । एउटै गोत्रमा काला र कुइरे आँखा, गोरा–गहुँगोरा र काला छाला भएका सन्तान रक्त–मिश्रणकै प्रभाव हुन् । नारी उत्पीडन सतीप्रथामा पु¥याइयो । जयस्थिति मल्लका समकालीन राज्यहरुले त्यसलाई आ–आफ्ना राज्यमा अनुशरण गरे ।
उब्जाउशील भूमि र व्यापारको समृद्धिको कारण नेपाल मण्डलमा पत्थरकला, मूर्तिकला, वास्तुकला, चित्रकला तथा साहित्यमा विकास भयो । मल्ला राजाहरुमा साहित्यको रसपान गर्ने प्रतिस्पर्धा चलेको थियो । जयस्थिति मल्लले भारतबाट ब्रह्माण ल्याएर जातिप्रथा लागू गरेका थिए भने यक्ष मल्लले महाराष्ट्रबाट चारजना भट्ट ल्याएर पशुपतिमा पुजारी नियुक्त गरेका थिए । त्यो चलन अझै कायम छ । २०६५ सालमा पुष्पकमल दाहालले नेपाली पुजारी राख्न गरेको प्रयास असफल भयो ।
नेपाल आधुनिक युगमा प्रवेश नगर्दै ब्रह्माणवादले जरा गाडिसकेको थियो । नाटक मञ्चन, कविता, गीत, नृत्य, बाजा बनाउने–बजाउने चलन व्यापक भइसकेको थियो । साहित्य भक्ति धारामा लेखिन्थ्यो । भगवान र राजाको स्तुति नै साहित्यको मूल प्रवृत्ति थियो । आदिवासी र गणराज्यका भाषा, साहित्य, कलामाथि तीब्र प्रहार भइरहेको थियो । तर पश्चिमी देशहरुको साँस्कृतिक अतिक्रमण भइसकेको थिएन ।
वि. सं. १५४८ (सन् १४९१) मा रत्न मल्लले काश्मिरका मुस्लिम व्यापारीलाई झिकाएर व्यापार गर्न लगाए । यिनीहरुले नै चुरा, पोते, टिकालगायत विलासिताका सामानको व्यापार सुरु गरे । रत्न मल्लकै पालादेखिका काठमाडौं, इन्द्रचोकका चुरौटे देशभरी फैलिए । इन्द्रचोक राँकी बजारमा रहेका चुरौटेहरु इराकबाट काश्मिर आएका र लद्धाख हुँदै काठमाडौं पसेको बताइन्छ । यी व्यापारीले काठमाडौं, ल्हासा, पाटलीपुत्र व्यापारको सहजीकरण गरेका थिए । यिनीहरुले नै नेपालमा इस्लाम धर्म र संस्कृतिको प्रचार गरे । नेपालमा मुस्लिम संस्कृतिको प्रचार भयो । इन्द्रचोकबाट त्रिशुली, देवीघाट, गोरखातिर फैलिए । यसरी नेपाली रकम विदेश जान थाल्यो । वि. सं. १६८९ (सन् १६३२) मा जगज्योती मल्लको कालमा नेपाली भाषामा लेखिएको पहिलो अभिलेख पुरात्तव विभागमा सुरक्षित छ । यिनैले नेपाल मण्डलमा मकै बालीको खेती सुरुगर्न खोजेका थिए । तर रुढिवादी किसानले अशुभ हुने ठानेर मकै खेती गर्न दिएनन् । रणजित मल्ल देश निकाला भएर काशीवास जाँदा चन्द्रागिरी भञ्ज्याङमा रुँदै कथेका लोकगीत श्रुतिपरम्परामा अझै सुन्न पाइन्छ । त्यसप्रकारको परम्परालाई शाहवंशीय राजाहरुले पनि कायम राखे । मैथिली र नेपाल भाषाको वर्चस्व पृथ्वीनारायण शाहको उदयसँगै नेपाली (खस भाषा)ले लियो । ‘सत्तारुढ वर्गको संस्कृति नै समकालीन समाजको बलशाली संस्कृति हुन्छ’ भन्ने भनाइ नेपालको इतिहासको मध्यकाल र आधुनिककालको साहित्य तथा कलाको विकासको अवस्था हेर्दा स्पष्ट हुन्छ ।
समाजशास्त्रीय दृष्टिले नेपाली समाजको विकासक्रमको समुचित अध्ययन अझै भएको देखिन्न । नेपाल उत्तरबाट मंगोलीयन समुदाय, दक्षिणबाट आर्य र द्रविड समुदायको प्रवेश भएर उनीहरुको बिचमा अन्तरघुलन तथा रक्त–मिश्रणबाट बनेको समाज ठान्ने मत बलियो छ । सिन्धुली, रामेछाप र दोलखामा रहेका हायू जाति राणव मूलका भएको ठानिएको छ । लंका (हालको श्रीलंका, तमिलनाडू र तमिल क्षेत्र आसपास) बाट नेपालको महाभारतसम्म आउँदा उनीहरुको रक्त–मिश्रणको चक्र कसरी भयो, अनुमान गर्न कठिन छ । रसुवा जिल्लाको चिलिमे गाविस, चिलिमेका तामाङहरु काठमाडौंबाट निकाला भएपछि चिलिमे शरण लिन पुग्दा गोलजुङ्गे तामाङ राजाले आफ्नो थर ग्रहण गरेमात्र चिलिमेको वनमा आवादी गर्न दिने शर्त राखेपछि तामाङकरण भएको भनाइ छ । चिलिमेका रैथाने तामाङमा जातीय विशेषता छैनन् र त्यस विषयमा सो कुरा थाहा हुन्छ । अन्य गाउँबाट बसाइँ सरेर गएका तामाङमा भने तामाङ जातिका विशेषता देखिन्छ । यस्तै किरात, लिच्छवि, कोली, वृजिक जाति आज अस्त्तिवमा छैनन । ती सबै लोप भए भन्ने आधार पनि छैन । किरात र लिच्छवि जातिको रक्त–मिश्रणबाट नेवार जातिको उद्भव भएको मानिन्छ । मल्लकालमा देश निकाला भएका विभिन्न जातिहरु तामाङ थर ग्रहण गरेर सिन्धुपाल्चोकको हेलम्बूलगायतमा बसेको इतिहास जिवितै छ । नेवार समुदायलाई गाली–गलौज गर्दा पर्वतेहरुले ‘थारु’ भन्ने गर्दथे । त्यसबाट उनीहरुमध्ये कतिपय थारु समुदायका हुन सक्छन् भन्न सकिन्छ । गौतम बुद्धको वंश र शाक्य थरका नेवारको बिचमा रक्त–सम्बन्ध रहेको तर्क कैयौं नेवार बुद्धिजीवी गर्छन् ।
हालसम्म प्राप्त तथ्यहरुको आधारमा नेपाल विभिन्न रक्त–समूहको अलग–अलग अस्त्तिव छ भने उनीहरुबिच अन्योन्याश्रित सम्बन्ध पनि रहिरहेको छ । नेपालमा संसारमा कतै नपाईने चेपाङ, नेवारजस्ता दर्जनौं जातिहरु देखिन्छन् । त्यसप्रकारको जातीय बनोटले नेपालको मनोविज्ञान, कला, साहित्य, चेतनामा प्रभाव पारेको छ । त्यसको अर्थ उत्तर र दक्षिणको प्रभाव हुँदाहुँदै पनि राष्ट्रिय संस्कृतिको निर्माणा भएको छ ।
ग) एकीकरणदेखि सुगौली सन्धिसम्मको अवधि
संसारको राजनीतिक नक्शा र चिन्तनमा नै अग्रगामी छलाङ मारेको फ्रेन्च क्रान्ति (५ मे १७८९–९ नोभेम्बर १७९९) सम्पन्न भएको १५ वर्षपछि नेपाल र अंग्रेजको बिचमा युद्ध सुरु भएको थियो । नेपाल–अंग्रेज युद्ध वि. सं. १८७१–१८७३ (सन् १८१४–१८१६) भन्दा अगाडि एकीकरण प्रक्रिया चलिरहेको र नेपालमा खस क्षेत्रीय शाह वंशको शासन थियो । शाह वंशको इतिहासमा एकरुपता पाइन्न । धेरैजसो इतिहासकारले मुस्लिम घरानाका उनीहरु नेपाल आएपछि हिन्दुकरण भएको ठान्छन् । तर शाहहरु आफूलाई राजस्थानको ‘राजपूत घराना’सँग जोड्ने गर्दछन् । जेहोस् गोरखा राज्यको निर्माणसम्म पुग्दा उनीहरु हिन्दू धर्म र खस भाषाका अनुयायी भइसकेका थिए । त्यसकारण पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीले ‘एक शासक, एक भाषा, एक भेष’ नीतिलाई राज्य नीति अवलम्बन गरे । त्यसकारण बहु–साँस्कृतिक नेपालमाथि ब्रह्माणवादी–मनुवादी धर्म र संस्कृति थोपरियो । एउटा जाति र धर्मको संस्कृतिले समग्र देशको राष्ट्रिय संस्कृतिको प्रतिनिधित्व गर्न सक्दैनथ्यो । त्यसप्रकारको नीतिले समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र विकासमा अवरोध पु¥यायो । भौगोलिक एकीकरणलाई वैचारिक एवम् साँस्कृतिक–मनोवैज्ञानिक एकीकरणको सूत्रमा गाँसेर बलियो राष्ट्रिय एकता निर्माण गरिएन । ‘सबै जातको फूलबारी’ भने पनि एक जातको फूललाई मल–पानी दिने अरु पात–जातका फूललाई उखेलेर फाल्ने कार्य भयो । त्यसबेला फ्रान्समा फ्रेन्चबाहेक अरु भाषा बोल्न, लेख्न कानुनद्वारा नै निषेध गरिएको समय थियो । पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्ने क्रममा जयप्रकाश मल्लको दरवारका भारदारसँग ‘पृथ्वीनारायण शाहले नेवारको संस्कृति र व्यापारलाई मान्यता दिने, जनताले पृथ्वीनारायण शाहलाई राजा मान्ने’ गोप्य सम्झौता भएको र भारदारकै योजनामा इन्द्रजात्राको अवसरमा रक्तपात बिना नै पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरेको भनाइ छ । यदि यो भनाइलाई विश्वास गर्ने हो भने पनि नेपाल भाषाको विकासमा कुनै योगदान देखिन्न । बरु अनवरत निरुत्साहित गरिएको देखिन्छ । पृथ्वीनारायण शाहको मृत्युपछि राजदरवारमा हत्या, हिंसा, षडयन्त्र, सुविधाभोगी, अनेकता, निजीस्वार्थ लम्पट प्रवृत्ति देखिन्छ । जसको कारण राष्ट्रिय एकता कमजोर हुनगयो र अंग्रेजसँगको युद्ध हार्नुको मुख्य कारण बन्यो ।
अंग्रेज विरोधी भावना र त्यसलाई नै राष्ट्रवाद ठान्ने चेतनालाई पृथ्वीनारयण शाह र उनका उत्तराधिकारीले रोपिसकेका थिए । शिक्षा, सञ्चार र यातायातको विकास नभएको भए पनि फ्रान्सेली क्रान्तिको प्रभाव विश्वभरी परेको थियो । मुख्तियार भीमसेन थापाले फ्रान्ससँग नजिक हुन खोजे । त्यसको प्रभाव वास्तुकला र सैनिक सङ्गठनमा पनि प¥यो । थापाले सेनाको जर्दा जर्नेल, कर्णेल, कप्तान, लप्टन आदि चलन चलाए । त्यो चलन अझै कायम छ । सामाजिक, आर्थिक, सैनिक, न्यायिक प्रणाली, हुलाक, राहदानीजस्ता कैयौं नयाँ र कैयौं पुरानाको सुधार गरियो । राहदानी प्रणाली अंग्रेजहरुको राजधानी घुसपैठ रोक्ने प्रयोजनार्थ ल्याइएको थियो । पृथ्वीनारायण शाहदेखि भीमसेन थापाको मुख्तियारीसम्म अंग्रेज विरोधी राष्ट्रवाद उत्कर्षमा थियो । विरोधीलाई तह लगाउने अस्त्र पनि अंग्रेज विरोध नै थियो । दामोदर पाण्डे त्यही आरोपमा मारिए भने रणबहादुर शाहलाई समेत त्यही आरोप लाग्यो । अर्कोतिर दरबारको शक्ति–सङ्घर्षमा अंग्रेजको घुसपैठ भइसकेको थियो । अंग्रेज ‘इष्ट इण्डिया कम्पनी’ सरकार र नेपाल दुवैले आपसी युद्ध अवश्यम्भावी देखिसकेका थिए । दुवैले आ–आफ्नो तयारि गरिरहेका थिए । ३० सेप्टेम्बर १७९२ मा नेपाल प्रतिनिधि देवीदत्त थापा र चिनियाँ प्रतिनिधि जनरल टुङट्वानबिच सन्धिमा हस्ताक्षर भयो । जसलाई ‘वेत्रावती सन्धि’ भनिन्छ । यो सन्धिले नेपाललाई तिब्बतको स्तरमा झा¥यो । तिब्बत र नेपालबिच समस्या भएमा चीनले मध्यस्त्ता गर्ने (धारा १), नेपाल–तिब्बतर सीमा चीनले निर्धारण गरिदिने (धारा ३) र सन् १७८९ मा नेपाल–तिब्बत सन्धिले तिब्बतमा नेपालले प्राप्त मुद्रासम्बन्धि विशेषाधिकार परित्याग गर्ने (धारा ६) नेपालको हितमा थिएनन् । वेत्रावती सन्धिले नेपालको उत्तरी हातगोडा बाँधियो । व्यापारमा समस्या आयो । नेपालको उच्च मनोबल खस्क्यो । त्यसले राष्ट्रघाती र दलाल प्रवृत्तिलाई प्रोत्साहित गरेको थियो ।
नेपालको विरुद्ध युद्ध अनिवार्य देखेको अंग्रेजले बुटवल र स्युराजको किचलो झिक्यो भने नेपालको विरोध मित्थ्या आरोप र पराजित रजौटाहरुलाई लालचसहित उचाल्यो । भीमसेन थापाद्वारा एशियाली सङ्घ गठन गर्ने नाराले सार्थकता पाएन । त्यसले अंग्रेजलाई बिच्क्यायो । त्यसैबिच वि. सं. १८७१ (सन् १८१४) मा अंग्रेजले अक्रमण सुरु ग¥यो । वेत्रावती सन्धिको धारा ४ अनुसार नेपालमाथि कुनै तेस्रो पक्षले आक्रमण गरेमा चीनले नेपाललाई सहयोग गर्ने प्रावधान थियो । नेपालले त्यसको लागि प्रयास ग¥यो । तर चीन आफैं अफिम युद्धमा फसेको कारण सहयोग गर्न सकेन । विकसित उत्पादक शक्ति र पछौटे उत्पादक शक्तिको बिचमा नेपाल–अंग्रेज युद्ध (वि. सं. १८७१–१८७३) भएको थियो । त्यसप्रकारको युद्धमा नेपालले हार्नु अनिवार्य थियो । अब नेपाल दक्षिणतिर पनि हातगोडा बाँधिएको अवस्थामा पुग्यो । नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१८१६) ले नेपालको राष्ट्रघाती धारालाई कमजोर बनायो । जयप्रकाश मल्ल प्रववृत्ति मौलाएर गयो । त्यसले विदेशी वा पश्चिमी विचार, भावना, हैकम, दास–मानसिकता बढाएर लग्यो । दलाल प्रवृत्तिले टाउको उठायो र राष्ट्रवादी धारा निकै कमजोर बन्न गयो । नेपाल–अंग्रेज युद्धले नेपालका कमजोरी र सबल पक्षहरुलाई पनि सतहमा ल्याइदियो । पृथ्वीनारायण शाहको नेतृत्वको राज्य विस्तार अभियान सधैंको लागि समाप्त भयो र नेपालको नयाँ यात्रा सुरु हुने संकेत दृष्टि–क्षितिजमा देखियो ।
घ) सुगौली सन्धिदेखि राणाकाल उदय
अंग्रेज–नेपाल युद्धमा अंग्रेजले पर्चा छरेर नेपाल विरुद्ध प्रचार–युद्ध तीब्र पारेको थियो । नेपोलियनसँगको युद्धमा विजयी अंग्रेजको मनोबल उच्च थियो । प्रविधि, आथिक स्थिति र जनशक्ति आपूर्ति राम्रो थियो । विरोधी सेना नायकलाई त्रास र लालचमा फसाउने रणनीति पुरानै थियो । ‘फुटाऊ र राज गर’ नीतिले भारतमा सफल भएका अंग्रेजहरु भारदार र फौजमा चर खोज्दै हिंड्थे । त्यसक्रममा नालापानी किल्लाका नायक बलभद्र कुँवरलाई मौजा र धनराशीको लोभ देखाएर रातको समयमा चिठ्ठी पु¥याए । बलभद्र कुँवरले ‘रातको समयमा पत्र खोल्ने हाम्रो चलन छैन, युद्धभूमिमा भेटौंला’ भन्ने जवाफ दिएर चिठ्ठी च्यातिदिए । जुन मोर्चामा अंग्रेज जनरल जेलेस्पी मारिए । लडाइँ जित्न नसक्ने भएपछि किल्लाको पानीको आपूर्ति बन्द गरिदिए । बलभद्रले अंग्रेजलाई “तिमीहरुको निम्ति किल्लामाथि विजय गर्नु असम्भव थियो । तर अब म स्वयम् आफ्नो इच्छाले त्यसको त्याग गर्दछु” भनिदिए । नेपाली वीरताबाट प्रभावित अंग्रेजले नालापानी किल्लामा शिलालेख बनाए । जसमा ‘हाम्रा वीर शत्रु बलभद्र सिंह र उनका वीर गोरखा साथीहरुको स्मृतिमा सम्मानोपहार’ लेखिएको थियो । जैथकको युद्धमा पनि नेपालीले अंग्रेजलाई नराम्ररी पराजित गरे । उता अमर सिंह थापालाई भारतमा प्रशस्त मौजा, पदवी र रकम दिने प्रलोभन देखाए । थापाले ‘म बाघको डमरु हूँ, सिनो खाने कुकुर नसम्झ’ भन्ने जवाफ पठाए । तर रामगढको युद्ध हारेकाले मनोबल कमजोर बन्न गयो । ७० वर्षका भक्ति थापाले देउथलको युद्धमा अंग्रेजको तोप कब्जा गर्ने प्रयास गर्दा मारिए । जनशक्ति र आर्थिक आपूर्ति कमजोर, रजौटाहरुको असहयोग आदि कारणले नेपालका राजगुरु गजराज मिश्र (२८ नोभेम्बर, १८१५) र अंग्रेज कर्णेल पेरिस ब्राडसा (२ डिसेम्बर १८१५) बिच हस्ताक्षर भयो । तर नेपालले आलटाल गर्दै वर्षादसम्म धकेल्ने र फेरि युद्ध गर्ने नीति लियो । गजराज र ब्राडशा सहमति बेवारिसे भयो । वेत्रावती सन्धि अनुसार नेपालले चीनसँग सहयोग मागेको सूचना पनि अंग्रेजले पाइसकेको थियो । त्यसैले अंग्रेजहरु राप्ती, नारयणी र कोशी बिचको तराई नेपाललाई नै फिर्ता गर्ने र थप केही पछाडि हट्ने र फौजी दबाव पनि दिने गरी सन्धि गर्न हतारियो । हरिहरपुरगढी र मकवानपुरगढीमा अंग्रेजसँग भीषण लडाइँ भयो । युद्ध दोहोरिए पनि नेपालको केही लागेन र सन्धि भयो । नेपालका तर्फबाट भारदार चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरे । सिन्धुली निवासी चन्दशेखर अंग्रेजबाट मौजा थापेर बेतिया बस्न थाले ।
सुगौली सन्धिपछि नेपालको परराष्ट्र नीति परिवर्तन भयो । नेपालमा अंग्रेज दुत र पादरी रहने भए । यिनीहरुले आन्तरिक राजनीतिमा हात हाल्न थाले, गुप्तचरी गरिन थालियो । नेपालले अंग्रेजको अनुमतिबेगर कुनै पनि युरोप र अमेरिकीसँग सम्बन्ध राख्न नपाउने (सुगौली सन्धि, धारा ७) भयो । त्यसैगरी धारा ६ मा नेपाल र सिक्किमबिच सीमा विवाद भएमा अंग्रेजले मध्यस्त्ता गरी समाधान गर्ने प्रावधान आपत्तिजनक छ । अब नेपाल अंग्रेजको स्वार्थमा प्रतिकूल प्रभाव नपर्ने स्तरमा मात्र स्वतन्त्र रहन गयो । आत्मनिर्णयको अधिकार नियन्त्रित भयो । जसलाई अर्ध–औपनिवेशिक अवस्था भनियो । अब शक्तिको केन्द्र नेपाल दरबार नभएर नेपालस्थित ‘इष्ट इण्डिया कम्पनी’को दूतावास भयो । अंग्रेजका दलाल र आत्मसमर्पणवादी धाराले बेलायती दूतावासबाट र देशभक्तहरु सरकारबाट (दरबारबाट भन्न सकिन्छ) परिचालित हुनथाले । दोहोरो सत्ताको स्थिति सृजना भयो । काठमाडौंस्थित अंग्रेज राजदूत ब्रेन हगटन हड्सन (सन् १८२९–१८३१) कै षड्यन्त्रमा भीमसेन थापाको हत्या भएको विश्वास गरिन्छ । यसरी राष्ट्रघाती प्रवृत्ति हावि भएर गयो ।
अंग्रेजको प्रचार युद्धको विरुद्ध भीमसेना थापाले कवि पं. वाणिनिधिलाई संस्कृत भाषामा अंग्रेज विरुद्ध कविता लेख्न लगाएर नेपाल र भारतमा बाँडेका थिए । नेपाल–अंग्रेज युद्धमा साहित्यकारहरुको प्रत्यक्ष भूमिका देखिन्छ । सत्ता शक्ति आर्जनको लागि अंग्रेज दूतावास धाउने, उनीहरुप्रति आसेपासे हुने प्रवृत्ति बढेर गयो । षड्यन्त्रको केन्द्रमा फिरङ्गी दूतावास हुन्थ्यो । कोतपर्व, भण्डारखाल पर्व, अलौ पर्वको अन्तर्यमा अंग्रेजी दूतावासको भूमिका थियो । यस्तो वस्तुगत अवस्थाले नेपालीको संस्कृतिमा गम्भीर प्रभाव पर्न थाल्यो । दासमनोवृत्ति निकै बढेर गयो । अंग्रेज–नेपाल युद्धमा नेपाली फौज र नायकले बहादुरीपूर्वक लडे । विभीषण प्रवृत्तिले टाउको उठाउन सकेन । अंग्रेजको धम्की र लोभ–लालचलाई अस्विकार गरे । जसको कारण देशभक्त र स्वाभिमानी प्रवृत्ति स्थापित भयो । यो धाराले नेपालको स्वतन्त्र अस्त्तिव कायम गर्न दूरगामी उर्जा बन्यो । युद्धमा पराजित हुनु परेको कारण रणजङ्ग पाण्डे, जङ्गबहादुर राणाजस्ता दलाल प्रवृत्तिले पनि टाउको उठायो । सुगौली सन्धिपछि राष्ट्रघाती र देशभक्त दुई धारको सङ्घर्ष पेचिलो बन्दै गयो । भीमसेन थापाले सुगौली सन्धिको प्रतिकूल फ्रेञ्च प्रविधि भिœयाउने र गुमेको भूमाग फिर्ता गर्ने रणनीति लिए । सुगौली सन्धिपछि पनि अंग्रेजलाई नियन्त्रण गरिरहे । त्यसले अंग्रेज विरोधी धारा प्रोत्साहित भइरह्यो ।
भीमसेन थापा, माथवरसिंह थापा सबैप्रति अंग्रेजको वक्रदृष्टि थियो । कोतपर्व र भण्डारखाल पर्वमा सम्पूर्ण पुराना देशभक्त भारदारहरु मारिए । अंग्रेजका वफादार जङ्गबहादुर सर्वेसर्वा भए । कार्ल माक्र्सले जङ्गबहादुरलाई ‘अंग्रेजको कुकुर’ भनेबाटै नेपालको सत्ता कस्तो व्यक्तिको हातमा पुगेको थियो बुझ्न सकिन्छ । नेपालमा जहानियाँ, धर्मभिरु, निरङ्कुश सैन्य शासन लागू भयो । विश्वमा नयाँ जागरण चलिरहेको, फ्रेञ्च क्रान्तिको लहर, प्रविधि र औद्योगिक क्रान्तिको युग प्रारम्भ भएको बेला नेपाल भने अँध्यारो सुरुङमा फस्यो ।
ङ) दलाल संस्कृतिको उदय
कोतपर्व (वि. सं. १९०३ भदौ ३१) भएपछि प्रधानमन्त्री भएका जङ्गबहादुरले अंग्रेजको अनुशरण गर्दै आफूलाई ‘प्राइमिनिस्टर’ भन्न थाले । बेलायतमा राजा अलंकारिक र प्रम कार्यकारी हुन्छन् र नेपाल त्यही दिशामा जान्छ भन्ने संकेत पनि गरे । बेलायतको संसदीय राजतन्त्र र नेपालको सैन्य शासन तुलना हुने विषय नै थिएन ।
वि. सं. १९१४ (सन् १८५७ मई १०) मा उत्तर भारतमा ‘सिपाही विद्रोह भयो । ४ जुलाई १८५७ मा लखनउका अंग्रेज कमिस्नर हेनरी लरेन्स मारिए भने दुई महिनाकै बिचमा १ हजार भन्दा बढि अंग्रेजहरु मारिए । त्यसपछि अंग्रेजले नेपालको सहयोग माग्यो । जङ्गबहादुर आफै ९ हजार फौज लिएर भारतको स्वतन्त्रता आन्दोलन दबाउन पुगे । भारतीय स्वतन्त्रताप्रेमीहरु अहिले पनि त्यो घटनालाई पीडाका साथ सम्झन्छन् । सायद नेपाली फौज तटस्थ बसेको भए अंग्रेजले ‘सिपाही विद्रोह’ दबाउन सक्ने थिएन । शत्रु देश (अंग्रेज)को लागि जङ्गबहादुरले भारतीय जनताको घाँटी रेटे । नेपाललाई अर्काको लागि लड्ने भाडाको फौज जन्माउने देशको रुपमा बदनाम गराए । लखनउमा नेपाली फैजले व्यापक लुटपाट ग¥यो । विदेशी साम्राज्यवादको चाकरी गर्ने र न्यायको हत्या गर्ने, त्यसबापत उपहार थाप्ने दास मनोवृत्ति झाङ्गिएर गयो । अंग्रेजले उपहार स्वरुप फिर्ता गरेको ‘नयाँ मुलुक’ भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर (सन् १९६०)लाई ठूलो उपलब्धि मान्नेहरु पनि छन् । त्यसबेला नेपालले सहयोग नगरेको र अंग्रेजले भारत छोड्नु परेको भए, सुगौली सन्धिमा गुमेको सबै भूभाग फिर्ता हुने र नेपाल उदार पुँजीवादमा प्रवेश गर्न सक्दथ्यो ।
वि. सं. १९३३ मा लखन थापाले जङ्गबहादुर्को विरुद्ध विद्रोह गरे । त्यो विद्रोहलाई दबाए पनि त्यसले विद्रोही चेतनालाई जिवितै राख्यो । भीमसेन थापाले प्रारम्भमा गरेको फ्रेञ्च नमूनाको आधुनिकीकरणको प्रयासलाई राणाले बन्ध्याकरण गरे । अंग्रेजका साना कर्मचारी, सामन्ति ढोंगिपन र नयाँ मुलुक हेरेर कतिपयले जङ्गबहादुरलाई राष्ट्रवादी ठान्छन् । आफ्नो भाइ र छोरामा फौजी शासन कायम गरेर राजा र प्रजालाई विदेशीको आडमा कैद गर्ने देशभक्त हुन सक्दैनन् । हातगोडा बाँधिएका, मुख थुनिएका निरीह जनताले राष्ट्रियताको रक्षा गर्न सक्दैनन् । जनसमर्थन नभएको फौजी शासन राष्ट्रवादी हुनै सक्दैन ।
वि. सं. १९०६ माघ ४ (१५ जनवरी १८५०)मा बेलायत भ्रमण गरे । भ्रमणबाट फर्केपछि झनै अंग्रेज परस्त भए । जङ्गबहादुरले युवतीहरु तिब्बतका सामन्तलाई बेचेर अकूत सम्पत्ति कमाए । जङ्गबहादुर अफिम कारोबारी पनि थिए । अफिम व्यापारमा यिनले एकाधिकार कायम गरे । उनको पालादेखि अफिम व्यापकता भएर गयो । वीर शमशेरले विदेशी बैंकमा पैसा राख्ने प्रचलन सुरु गरेर देशको सम्पत्ति विदेशमा थुपार्ने चलन चलाए । यिनले सुन र चाँदीको व्यापार पनि गर्थे । सस्तोमा सुन किनेर महङ्गोमा कलकत्तामा बेच्ने यिनी सुन–चाँदीका बिचौलिया व्यापारि थिए । राजनीतिक शक्तिको आडमा व्यापार गर्ने दलाल पुँजीवादलाई वीर शमशेरले संस्थागत गरेका थिए । जङ्गबहादुरले भ्रष्टाचार विरोधी अभियान चलाउने तर आफूले चेलीबेटी बेचेर रकम जम्मा गर्ने गर्थे भने कानुनी राजको वकालत गर्ने वीर शमशेर दलाल व्यापारी थिए । ‘कथनी र करनी’ बिचको यो दोहोरो चरित्र भारदार, कर्मचारी, ठुलाठालु हुँदै जनस्तरमा फैलियो । कलकत्ताका अंग्रेजी चिकित्सक कर्णेल रसेलका अनुसार वीर शमशेर अत्याधिक मदिरा सेवनको कारण कलेजोको रोगले मरेका थिए । यी दुव्र्यसनी प्रम पनि थिए ।
महात्मा गान्धीको अंग्रेज विरोधी ‘चर्खा आन्दोलन’ चलिरहेको अवस्थामा वि. सं. १९८७मा तुलसी मेहरले चर्खा प्रचार अभियान चलाए । त्यसलाई भीम शमशेरले राणा विरोधी विद्रोह ठानेर कैद गरे । यिनलाई ‘आर्य समाजी’ आरोप पनि लगाइयो । लक्ष्मीप्रसाद देवकोटाको नेतृत्वमा पुस्तकालय खोल्ने प्रयास गर्ने युवाहरु दण्डित भए । यसरी आर्थिक र शैक्षिक जागरण बन्द गरेर अंग्रेजभक्ति र दास मनोवृत्ति कायम गरियो ।
दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५)को अवधिमा नेपालमा जुद्ध शमशेरको शासन थियो । विश्वयुद्धमा अंग्रेजको पक्षबाट लड्न नेपालले १ लाख ४८ हजार ५ सय युवाहरु पठाएको र गोर्खा ब्रिटिश फौज अलग्गै थियो । ब्रिटिश–गोर्खा विश्वभरी लड्न गयो भने नेपाली फौज एशियाली मोर्चामा लड्यो । युवाहरु लाखौं विदेशीयपछि नेपालका पहाडी भेग महिला, बुढाबुढी र बच्चाबच्चीमात्र भए । हजारौं युद्धमा मारिए या बेपत्ता भए । युद्ध समाप्त भएपछि नेपाली फौज र गोर्खा पल्टनले मान–पदवी पाए । तर उनीहरुलाई लप्टन, सुवेदारभन्दा माथिको पद दिइएन । फौजको भलाई कोष निर्माणार्थ भनेर अंग्रेज सकारले दिएको ३ लाख र फौजको परिवारलाई दिएको १० लाखसमेत पद्म शमशेरले आफ्नै गोजीमा हाले । फौजको (सुरक्षा निकायको) सेवा सुविधा, भत्ता, पोशाक, पारिश्रमिकसमेत खाइदिने पद्म शमशेर प्रवृत्ति अझसम्म कायम छ । पद्म शमशेरको पालामा ‘जयन्तु संस्कृतम् आन्दोलन’ चल्यो । प्रजापरिषद् लगायत अनेक जागरण र विद्रोह भए । नेपालमा नयाँ जागरण युग सुरु भयो ।
भारतबाट अंग्रेज फिर्ता भएपछि ९ नोभेम्बर १९४७मा गोर्खा पल्टनलाई दोस्रो, छैठौं, सातौं र दसौं चार पल्टन ब्रिटेन र बाँकी ६ वटा पल्टन भारतले राख्ने त्रिदेशीय सहमती भयो । ब्रिटेनले गोर्खा पल्टन वापत वार्षिक १० लाख दिँदै आयएको परम्परा कायम ग¥यो । यसरी विश्वभरी नेपाल भाडाको सिपाही उत्पादन गर्ने देशको रुपमा बदनाम भयो । राणाहरुले चेलीबेटी, अफिम, सुनचाँदी, युवाशक्ति सबै बेचेर खाए । नेपाली समाज चरम विकृति र विसङ्गतिको शिकार भयो ।
वि. सं. २००७ (३१ जुलाई १९५०)मा ढल्नै लागेको राणा शासनका प्रम मोहन शमशेरलाई दबाव दिएर भारत–नेपाल ‘शान्ति र मैत्री सन्धि’ भयो । यो सन्धिले नेपाललाई अंग्रेजको चश्माले हे¥यो र सुगौली सन्धिको उत्तराधिकारी सन्धि बन्यो । ८ डिसेम्बर १९५०मा भारत सरकारले नेपाल सरकार (मोहन शमशेर)लाई ‘स्मृतिपत्र’ पठायो । राजा, काङ्ग्रेस र राणा सरकारको बिचमा त्यही स्मृतिपत्र (च्यबम ःबउ) अनुसार राणा–काङ्ग्रेस–दरबारबिचमा दिल्ली सम्झौता भनिने त्रिपक्षीय सम्झौता भयो । रक्तपातपूर्ण कोतपर्वको स्थान रक्तपातविहिन कोतपर्वले लियो । त्यसको पृष्ठभागमा वि. सं. १९०३मा कोतपर्वको पृष्ठभागमा गोराहरु थिए भने २००७ सालको रक्तपातविहिन कोतपर्व (दिल्ली सम्झौता)को पृष्ठभागमा काला (गहुँगोरा) विदेशीहरु उभिएका थिए । यी दुवै घटनाको समानता भनेको देशभक्त र प्रगतिशील धाराको विरुद्ध दलाल पुँजीपति, सामन्ति र विस्तारवादी–साम्राज्यवादी धाराबिचको संयुक्त मोर्चा निर्माण गर्नु थियो । डा. के. आई. सिंह विद्रोहको दमन, भीमदत्त पन्तको हत्या, दुवै घटनामा भारतीय सेनाको निमन्त्रणा, चिनियाँमान काजीको हत्या, नेकपामाथि प्रतिबन्धले त्यसको पुष्टि गरेका छन् ।
नेपाली युवाहरुलाई विदेशी सेनामा भाडाका सिपाही बनाउन थालेपछि उद्यम र व्यापार निरुत्साहित भयो । नेपाल–चीनबिच भएको वेत्रावती सन्धिले तिब्बतको व्यापार शिथिल भएर गएको थियो । ६–९–१९०४मा अंग्रेज र तिब्बतबिच नेपालसमेतको सहयोगमा सन्धि भएपछि तिब्बत र इष्ट इण्डिया कम्पनीबिच सिक्किमको चुम्बी उपत्यका हुँदै व्यापार हुनथाल्यो । त्यसले नेपाल–तिब्बत व्यापा पुरै सुक्यो । सो सन्धि गर्न सहयोग गर्नु देशहितमा नभएको सुझाव दिने ……………. लाई राणा सरकारले अंग्रेज विरोधी भनी ………………. ग¥योा । त्यसपछि युवा जनशक्ति, काठ, खाद्यान्न, जडिबुटी निर्यात गर्ने र तयारी सामान आयात गर्ने परम्परा बस्यो । दूध, दही, घ्यूको स्थान मदिरा, चिनी, चियापत्तिले लियो । तमाखु, काँचोपात (सूर्ती) विस्थापित भएर ‘म्याचिस, सिगरेट’ आए । ओठ, जिब्रो र धन्सार सबै विदेशीका कारिन्दा र आसेपासे भएर गए । विदेशी सेनामा काम नपाउनेहरु भारतका गल्लीगल्लीमा कुल्ली, दरबान, कान्छा, चौकिदार बन्न गए । जङ्गबहादुरले चेलीबेटी तिब्बतमा बेच्थे । अब त्यसप्रकारको व्यापार भारतका गल्लीगल्लीमा पुग्यो । नेपालको अवस्था वृद्धाश्रम र हाडखोड थुपार्ने ‘डम्पिङ साइट’ जस्तै भयो । आर्थिक र फौजी दुर्बलताले साँस्कृतिक स्खलनलाई झन गहिरो बनाएर लग्यो ।
च) दलाल संस्कृतिको बढ्दो प्रभाव
राणा शासनको अन्त्यपछि सामन्तवादी शासनको अन्त्य र दलाल पुँजीवादी व्यवस्थाको दोहोरो चरित्र प्रकट भयो । जसलाई राजनीतिक शब्दावलीमा अर्धसामन्ति र अर्ध–औपनिवेशिक चरित्र भनिएको छ । २००७ सालपछि विद्यालय खोल्ने लहर चल्यो । तराईमा हिन्दी भाषामा अध्यापन–अध्ययन गराउन थालियो । हिन्दी भाषाका अखवारहरुले युवा मस्तिष्क कब्जा गर्न थाले । नेपाली, नेवारी र हिन्दीमध्ये कुन राष्ट्रभाषा बनाउने भन्ने बहस चर्काइयो । राजसभा, नेपाली सेना र मन्त्री परिषदमा भारतीय विशेषज्ञहरु रहन्थे । उनीहरुले भारतीय भाषा र संस्कृति लाद्ने गर्दथे । लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री भएको समयमा नेपाली भाषालाई देशव्यापी अनिवार्य गरियो । सरकारी कामकाज देवनागरी लिपीको नेपाली भाषामा गर्नपर्ने प्रावधान ल्याइयो । सरकारी सञ्चार र निजी स्तरबाट छापा प्रकाशन (पुस्तक र अखबार) प्रकाशन हुन थाले । लोकगीत, उखान–टुक्का, मिथकहरुको संकलन र प्रचारले गर्दा नेपाली इतिहास, कथा–व्यथा र साहित्यको संरक्षण हुनथाल्यो ।
नेपाल एकीकरणको समयमा लोगजीवन र गन्धर्वले पीडा र घटना करुण रसमा सृजना गरेका थिए । ती श्रुती परम्परामा रहन्थे र कति लोप भएर जान्थे । एकीकरणको मूलतः वीर रसमा हुन्थे । सुगौली सन्धिपछि नेपाली साहित्यले भक्तिधारा समातेको देखिन्छ । निरुपाय मान्छेले समस्या र खुसीको श्रेय अलौकिक शक्तिमा खोज्ने गरेको छ । सुगौली सन्धि र त्यसपछिका घटनापछि नेपाली समाज भानुभक्तिय भक्तिधारामा लहसियो ।
जङ्गबहादुर युरोपबाट फर्किंदा ल्याएको हाते छापाखाना (गिद्धेप्रेस)को नेपालको साँस्कृतिक उत्थानमा कुनै भूमिका भएन । अंग्रेज र भारतसँगको बढ्दो हिमचिम, व्यापार, लाहुरे संस्कृति र राणा–शाह परिवारमा झाङ्गिएको उपभोक्तावादी तथा छाडा आचरण र चिन्तनले रणोद्धीप राणाको शासनकालपछि नेपाली साहित्यमा श्रृङ्गाररस मौलाएको देखिन्छ । राणाकालको अन्त्यतिर भारतमा अंग्रेज विरोधी आन्दोलन चर्कियो । सोभियत संघ नेतृत्वको क्रान्तिकारी लहर र राष्ट्रिय मुक्ति आन्दोलनको प्रभाव उभारमा थियो । चीनमा क्रान्ति सन्निकट थियो । यस्तो अवस्थामा भारतका नेपाली बहुल क्षेत्रमा नेपाली साहित्यको प्रकाशन र प्रचार तीब्र भएर गयो । यथास्थितिवादी र प्रगतिशील धाराहरु एकसाथ प्रकट भए । यी धाराको बिचमा सङ्घर्ष र ध्रुविकण बढ्दै गयो ।
पञ्चायतीकालमा सामन्तवादी धारा हावी भयो । ‘एक देश, एक भाषा, एक भेष’ पञ्चायती व्यवस्थाको साँस्कृतिक नीति थियो । देशका सबै राष्ट्रिय भाषा र संस्कृतिमाथि व्यापक दमन भयो । प्रगतिशील तथा माक्र्सवादी साहित्य–कला प्रतिबन्धित भयो । पञ्चायतीकालमा एकातिर भारत विरोधी राष्ट्रवादको नारा लगाउने तर भित्रभित्र साँठगाँठ गर्ने र दिल्ली रिझाउने गरियो । अर्कोतिर अमेरिका, पश्चिमी देशहरु र क्रिश्चियन धर्मलाई आयात गरेर ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ उखान चरितार्थ पारियो । वैचारिक रुपले हेर्दा सामन्तवादको नेतृत्वमा दलाल तथा नोकरशाही पुँजीपति वर्गको गठजोड सत्ता नै पञ्चायती सत्ता थियो । त्यसकारण दलाल पुँजीवादी संस्कृतिले प्रश्रय पायो भने लेख्य र श्रुती परम्परामा बाँचेको माक्र्सवादी तथा जनसाहित्यलाई निरुत्साहित नै गरियो ।
२०४६ सालमा सामन्ती र दलाल पुँजीवादको दोहोरो (समानान्तर) सत्ता कायम भयो । सरकारी संरक्षणमा दुवै धारा लिगलिगकोटे दौडमाा थिए । अर्थतन्त्रमा दलाल पुँजीपति वर्गको तीब्र विकास भइरहेको कारण दलाल पुँजीपतिवर्गीय संस्कृतिको विकास नै अगाडि थियो । काठमाडौं र जनकपुरधाम नगरपालिकाले नेपाल भाषा र मिथिला भाषालाई सरकारी कामकाजीको भाषा बनाउन गरेको प्रयासलाई न्यायालयमा रहेको सामन्ति शक्तिले अवरोध गरिदियो । दलाल पुँजीपति वर्गमा देखिएको विकृति, विसङ्गति, व्यक्तिवाद, राष्ट्रघात, अराजकता, भ्रष्टाचार, विभेद, निराशा चरममा पुग्यो । त्यसो हुनु दलाल पुँजीपति वर्गको अनिवार्य परिणाम थियो । त्यसप्रकारको राजनीतिक अवस्थाको साँस्कृतिक प्रभाव निराशा, कुण्ठा, चाकरी, चाप्लुसी, अराजकताको रुपमा अभिव्यक्त हुन थाल्यो । प्रकाशनहरु बजारको लागि, उत्पादन बजारको लागि, बुद्धिजीवी बजारको लागि भए । विषादी र पत्रु खानाले जनजीवन त्रासदिमय बनायो । भारत र काठमाडौंमा रहेको देह व्यापार विश्वभरि फैलियो । गोर्खा भर्ती बेलायत, भारत हुँदै सिंगापुर, ब्रुनाई र अघोषित रुपमा फ्रान्ससम्म फैलियो । लाहुरे संस्कृति विश्वरी र अरब देशहरुमा पीडादायी भयो । आधुनिक दास बेचेर दलाल पुँजीवादी सत्ता घिस्रिरहेको छ र आजका दास–मालिकहरु विकास र समृद्धिको कुरा गरिरहेका छन् ।
छ) साम्यवादी संस्कृतिको उभार
वि. सं. २००६ सालमा कम्युनिस्ट घोषणापत्रको प्रकाशन र नेपाल कम्युनिस्ट पार्टीको स्थापनापछि नेपाली समाजमा साम्यवादी चेतना तीब्र रुपमा फैलिएको देखिन्छ । शोषण, दमन, उत्पीडन, विद्रोह र देशभक्तिको भावनाले लेखिएका वा सृजित लोकगीत, मिथक, उखान–टुक्का तथा अन्य कला–साहित्यले नृतृत्व पाए । त्यो धारा गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, गोकूल जोशी, भूपी शेरचन, पारिजात, रायन हुँदै अगाडि बढ्यो । भीमदत्त पन्त विद्रोह, कामी बुढा विद्रोह, दाङको थारु किसान विद्रोह, जुगेडी किसान विद्रोह, जुटपानी किसान विद्रोह, हेजु काण्ड, मध्य तराईको किसान विद्रोह, झापा विद्रोह तथा हजारौं जनसङ्घर्षले किसान, मजदुर, दलित, थारु, चेपाङ, हरुवा–चरुवा, भन्सेर्नी, महिला उत्पीडन, सुकुम्बासीजस्ता श्रमिक वर्गका विचार, समस्या, उत्पीडन र विद्रोहका स्वर मुखरित भएर गए । उनीहरुका पीडा र दमनको कारण तथा त्यसबाट मुक्तिको चाहना एवम् उपायहरु मुखरित भएर गए । २०४६ सालको परिवर्तन ल्याउनमा साम्यवादी धाराको महत्वपूर्ण भूमिका थियो । जनताले आफ्नो बलिदान र पहलकदमीमा ल्याएको ‘राजनीतिक स्वतन्त्रता’ले साम्यवादी धारालाई प्रोत्साहित र थप दायित्वबोध गरायो ।
सामन्ति तथा दलाल पुँजीवादी सत्ताको विरुद्ध २०५२ सालमा जनयुद्ध सुरु भयो । जनयुद्ध नेपालको इतिहासका सम्पूर्ण जनसङ्घर्ष, वर्ग सङ्घर्ष र राष्ट्रवादी आन्दोलनको निरन्तरता र उत्कर्ष थियो । जनयुद्धले सामन्तवादी र दलाल पुँजीवादी सत्ताको विरुद्ध (दुई अजङ्गका पहाड) विद्रोह गरेको थियो । जनयुद्धले साम्यवादी संस्कृतिलाई उर्जा दियो । चैतन्य, डा. ऋषिराज बराल, ताराकान्त पाण्डे, घनश्याम ढकाल, कृष्ण सेन ‘इच्छुक’, खुसीराम पाख्रिन, पूर्णविरामलगायतले प्रारम्भदेखि नै (५०को दसक) यो धाराको नेतृत्व गरे । रोहित कोइराला, डी. कौडिन्य, भोगट राय, च्याङ्वा लामा, चुनु गुरुङ, शिव श्रेष्ठ, कौशिल्या गुरुङ, धुर्व ज्ञवालीलगायत सयौं साहित्य–कलाका सर्जकले विश्वमा नै नयाँ कीर्तिमान निर्माण गरे । देशभक्ति, न्याय, बलिदान, जातिभेद विारेधी चेतना, अन्तरजातीय अन्तरघुलन, आशावाद उत्कर्षमा पुग्यो । जनतामा देशभक्तिको नयाँ चेतना निर्माण भयो । गाउँ–गाउँबाट सामन्तको जरा काटियो । दलाल पुँजीवाद कमजोर भयो । सहरी क्षेत्रमा जनयुद्धको प्रभावले गणतन्त्र, जातिभेद विरोधी चेतना, विद्रोही मनोविज्ञान, आशावाद र मुक्तिको चाहना उत्कर्षमा पुग्यो । साम्यवाद कि पुँजीवाद ? भन्ने बहस छलफलको केन्द्रीय भागमा आयो । जनताको तल्लो वर्गले बौद्धिक सत्तामा हस्तक्षेप ग¥यो । साहित्य–कलाका सबै विधामा साम्यवादी धारा शक्तिशाली बन्यो । सुगौली सन्धिपछि यही अवधि(२०५२–२०६२)मा देशभक्त धारा पनि सर्वाधिक शक्तिशाली बन्यो ।
साम्यवादी धाराको अन्तर्राष्ट्रिय आयाम पनि थियो । यसले विश्वव्यापी प्रभाव पा¥यो । युरोप, अमेरिका र भारतमा यसको पक्षमा सृजनाहरु गरिए । लेखक र पत्रकारहरु नेपालका गाउँमा पुगे । विश्व साहित्यको नेपाली भाषामा अनुवाद गरिए र नेपाली सृजना, बलिदान र अजम्बरी गाउँका कथा–व्यथा विश्वभरी फैलियो । नेपाली स्वाभिमान विश्वभरी फैलियो । साम्यवादी धाराप्रति मौनता साँधेर बसेको सामन्तवादी–साम्राज्यवादी साँस्कृतिक धाराको मूल विरोध र निशाना साम्यवादी धारा बन्न गयो । अखबार, श्रव्य–दृश्य, गीत, कथा, कविता, आख्यान सबै क्षेत्रमा मोर्चाबन्दी भयो । विदेशी शक्तिको पैसा, सल्लाह र लगानीले नपुगेर शाही सेनाका कर्मचारीसमेत साम्यवादी साँस्कृतिक धाराको विरुद्ध लड्न आउनु प¥यो ।
साम्यवादी धाराको सशक्त उपस्थितिले सामन्तवाद र दलाल पुँजीवादी धाराकोा बिचमा अन्तरविरोध पैदा भयो । दलाल पुँजीवादभित्र सामन्तवादसँगको साँठगाँठ छोड्न दबाव बढ्दै गयो । र, नेपाल गणतन्त्रको युगमा प्रवेश ग¥यो । साम्यवादी धाराले २००६ सालदेखि उठाएको गणतन्त्रको धारामा आउन दलाल पुँजीवादी धारा (काङ्ग्रेस र एमाले) बाध्य हुनुप¥यो । यसरी साम्यवादी धाराको दबावमा गणतन्त्र सर्वहारा वर्ग र दलाल पुँजीवादको साझा कार्यक्रम बन्यो । त्यही विन्दुदेखि नयाँ चुनौतिहरु आए । साम्यवादी धारालाई साम्राज्यवादको षड्यन्त्रमा दलाल पुँजीवादको कचहरीमा कैद गर्ने षड्यन्त्र भयो । दुई प्रतिध्रुवीय धाराको बिचमा भीषण सङ्घर्ष चल्यो । तर यो अवधिमा साम्यवादी धारा नै बलशाली र उदीयमान धाराको रुपमा कायम रहेको थियो ।
ज) सत्तारुढ साम्राज्यवादी संस्कृति
दलाल पुँजीवाद साम्राज्यवादी पुँजीको स्थानीय एकाई हो । यसले एकाधिकार पुँजीवादको दलालको भूमिका निर्वाह गर्दछ र त्यसवापत निगाहमा फाइदा उठाउँछ । पुँजीवादको बजार विस्तारमा सहयोग गर्नु र पौरख नगरी नाफा कुम्ल्याउने प्रवृत्ति रहेको हुन्छ । राजनीतिमा दलाल पुँजीपति वगका प्रतिनिधिहरु सत्तारुढ भएका छन् । १२ बुँदे सहमति हुँदै विस्तृत शान्ति सम्झौतासम्म पुग्दा जनयुद्धको विसर्जन र दलाल पुँजीवाद पुनः सत्तारुढ भएको थियो र सामन्तवादको नायक राजतन्त्र फालिएको थियो । दलाल पुँजीवाद साम्राज्यवादको स्थानीय प्रतिनिधि भएको कारण त्यसलाई साम्राज्यवादले सहयोग गर्नु र दलाल पुँजीवादले साम्राज्यवादको चाकरी गर्नु अनिवार्य थियो । आसेपासे पुँजीवाद, चाकर पुँजीवाद, ऐजेरु पुँजीवाद, विचौलिया पुँजीवाद, परजीवी पुँजीवाद यी सबै पदावली दलाल पुँजीवादकै पर्यायवाची शब्द हुन् । २०६२÷०६३ सालसम्म सामन्तवादको नेतृत्वमा दलाल पुँजीपति वर्गसहितको सत्ता थियो भने राजतन्त्रको अन्त्यपछि दलाल पुँजीपति वर्गको नेतृत्वमा सामन्ती शक्तिसहितो सत्ता नेपालमा कायम भएको छ । दलाल पुँजीवादमा सामन्तवादी प्रवृत्ति र सामन्तवादभित्र दलाल पुँजीपति वर्गका प्रवृत्तिहरु अन्तरघुलित भएका हुन्छन् । सत्तारुढ वर्गमा पुँजीवादी र सामन्तवादी दुवै प्रवृत्तिहरु रहेको हुन्छ । त्यसैले समाजवाद उन्मुख संविधानका रचयिताहरु भैंसीपुजा गर्न पुग्छन् र पवित्र होली वाइन (शुक्राणु वाइन) पिउँछन् । कम्युनिस्ट पार्टीको झण्डा गाडेर राम मन्दिर बनाउन जोसिन्छन् । साम्राज्यवादी संस्कृतिको अर्थ नेपालमा दलाल पुँजीपति वर्गीय संस्कृति हो र दोहोरो चरित्र यसको विशेषता हो ।
नेपालमा भयानक प्रतिक्रान्ति लादिएको छ । जनता पुरानो स्थितिमा बस्नसक्ने अवस्थामा छैनन् र नयाँ शक्ति सन्तुलनलाई पुरानो सत्तारुढ वर्गले स्विका गरेको छैन । इटालीका बुद्धिजीवी एन्तोनियो ग्राम्सी भन्छन्, “संकट ठ्याक्कै के कुुरामा अन्तरनिहित छ भने पुरानो मरिरहेको छ, तर नयाँ जन्म लिन सकिरहेको छैन । यस अन्तरकालमा सबै प्रकारका रुग्ण लक्षणहरु जन्म लिने गर्दछन् ।” ग्राम्सीको समकालीन विश्वको सन्दर्भमा व्यक्त विचार नेपालको सन्दर्भमा पनि त्यत्तिकै सत्य छ । भ्रष्टाचार, महिला हिंसा, दलित र अल्पसंख्यक प्रतिको ज्यादती, समाजको संवेदनहिनता र बढ्दो पशुचेत, बेरोजगार, भोका–नाङ्गाको बढ्दो भीड, पारिवारिक विघटन, राजकीय संस्थाहरुको स्खलन, जङ्गलीराज, विदेशी हस्तक्षेप, आर्थिक संकट, व्यापार घाटा, असंतुष्टि, पीडा, आक्रोस, अराजकता सबै सत्ता संकटको अभिव्यक्ति हो । यसैको कारण नेपालको उत्पादक शक्तिले नयाँ प्रकारको उत्पादन सम्बन्धको माग गरेको थियो । त्यो राजनीतिक प्रतिस्पर्धा सशस्त्र वा हिंसात्मक सङ्घर्षमा प्रवेश गरेको थियो । १२ बुँदे सहमती मार्फत संरचनात्मक (ढाँचागत) परिवर्तन त गरियो तर सत्ताको चरित्र बदलिएन । उत्पादन सम्बन्ध यथावत राखियो । जनतामाथि धोका भयो र पुरानै दलाल पुँजीपति वर्ग सत्तारुढ भयो । विद्रोहको राप–ताप रहँदासम्म एककदम पछाडि हटेर तरवार पीठ पछाडि राखेर गौंडो ढुकेर बसेको दलाल पुँजीपति वर्ग अहिले हिंस्रक बनेर प्रकट भएको छ र यो स्थिति बढ्दै जानेछ । “फासिवादले श्रमजीवी वर्ग राजनीतिक रुपमा निस्क्रिय हुन्जेल प्रतीक्षा गर्छ र त्यसपछि एउटा त्रासदी झैं सबैतिर व्यापक हुन्छ” एन्तोनियो ग्राम्सी भन्छन् । २०४८ सालको शान्तिपूर्ण आन्दोलन, २०५२पछिको जनयुद्ध र शान्तिप्रक्रियामा दलाल पुँजीपति वर्गको भूमिका फरक–फरक थियो । जनयुद्धको राप–ताप कमजोर हुनासाथ पार्टी निर्णय, सामूहिकता, संविधान, प्रतिपक्ष, परम्परा, लोकतन्त्र सबै लत्याएर दलाल पुँजीपति वर्गले पृथक बाटो तयार गरेको छ । यो फासिवादकै अभ्यास हो । ग्राम्सीको कथन नेपालको वर्तमान सन्दर्भमा पनि त्यत्तिकै सत्य हो ।
आफूलाई कम्युनिस्ट भन्ने (झापा विद्रोह र जनयुद्धको विरासत भएको) शक्तिहरु नै आज दलाल पुँजीपति वर्गको असली प्रतिनिधि भएका छन् । त्यसको प्रभाव साँस्कृतिक आन्दोलनमा पनि परेको छ । त्यस धाराका निकट साँस्कृतिककर्मीहरु दलाल पुँजीवादको चाकरी गर्ने ठाउँमा पुगेका छन् । त्यही धाराभित्रका प्रतिपक्षी भूमिकामा रहेका कैयौं पलायन भएका वा निराशाको सुरुङतिर धकेलिएका छन् । अमेरिका, टर्की, भारत हुँदै नेपालमा साम्राज्यवाद र दलाल पुँजीवादले आलोचनात्मक चेतमाथि भएको ज्यादतीप्रति यिनीहरुले मौनता साँधेका छन् । यो धारा सामन्तवाद र सामन्तवाद विरोधी धाराबाट च्यूत भएको छ । यस्तो स्थितिले समाजवादी साँस्कृतिक आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
झ) सारांश
दलाल पुँजीवादी संस्कृति नेपालको सत्तारुढ संस्कृति वा वैचारिक सत्ता रहेको छ । तर यसले समाजलाई विनासको खाडलतिर धकेलिरहेको छ । यसको विरुद्धको जनमत बलशाली छ तर छरिएको अवस्थामा छ । समाजवादी साँस्कृतिक आन्दोलनलाई ध्रुविकरण, कार्यगत एकता र संयुक्त मोर्चाका रुपहरुको खोजी गर्न आवश्यक छ । प्रतिक्रान्तिको कुइरिमण्डल चिर्न र शोषित, उत्पीडित जनताको सुस्केरा बन्नुपर्छ । अमेरिकाका एक नेता बब अभाकिएनले भने झैं ‘सपना नभएकाहरुको सपना’ क्रान्तिकारी आन्दोलन बन्नैपर्छ । किनकि दलाल पुँजीवाद समाधान होइन ।
सन्दर्भ सामाग्री
भोल्गा से गंगा, राहुल सांकृत्यायन, पृष्ठ ५४, पुस्तक महल, इलाहावाद
उही, पृष्ठ ८४
नेपालको इतिहास, प्रा. डा. श्रीराम प्रसाद उपाध्याय, रत्नपुस्तक भण्डार
हायू जातिको इतिहास, डि. आर. पोखरेल, नेपाल प्रज्ञ प्रतिष्ठान
स्थानीय उर्जेन तामाङसँगको छलफलमा आधारित
कृष्णदास श्रेष्ठसँगको छलफलमा आधारित, २०७१ बैसाख
नेपालको इतिहास, उही, पृष्ठ २७१
नयाँ पत्रिका दैनिक, २०७७ भदौ १६
स्रोतः जनपत्रिका मासिक दोस्रो अंकमा प्रकाशित