५ जेष्ठ २०८१, शनिबार

सदस्यता शुद्धीकरण अभियानलाई न्यायपुर्ण बनाउन पत्रकार महासंघसङ्ग छलफल गरिने

0

चितवन / नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई न्यायपुर्ण र पुर्वाग्रहरहित बनाउन जनपत्रकार संगठन नेपालले सम्बन्धित निकायसंग छलफल गर्ने निर्णय गरेको छ। सङ्गठनको केन्द्रिय सचिवालयको आज सम्पन्न बैठकले सदस्यता नविकरण र नयाँ सदस्य बितरण प्रक्रियामा विभिन्न समस्या र गुनासाहरु प्राप्त हुन थालेपछि महासंघसङ्ग छलफल गरि समस्या समाधान गर्न आबश्यक पहल गर्ने निर्णय गरेको हो।

चितवनको भतपुरमा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्माको अध्यक्षतामा भएको सचिवालय बैठकले नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणबारे लिएको निर्णय र त्यसको कार्यान्वयन सम्बन्धि अभियानलाई सकारात्मक रुपमा लिने र सहयोग गर्ने तर सदस्यता नविकरण र नयाँ सदस्यता सिफारिसमा कतिपय जिल्ला शाखा र प्रदेश समितिहरुमा राजनीतिक आग्रह र पुर्वाग्रहका आधारमा कतिपयले सदस्यता सजिलै प्राप्त गर्ने र कतिपय सक्रिय पत्रकारहरू समेत सदस्यता प्राप्तिबाट वञ्चित हुने समस्या देखिएको  गुनासो सम्बन्धमा न्यायपुर्ण व्यबहार गरिनुपर्ने सङगठनको धारणा रहेको बताईएको छ।

त्यस्तै बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरोकारवालाहरु संग प्रदेश स्तरमा अन्तर्कृया गर्ने,श्रमजीवी पत्रकारहरुको पारिश्रमिक, समानुपातिक बिज्ञापन प्रणालीको कार्यान्वयन र महासंघलाई पेशागत र अनुशासित बनाउन दबावमुलक अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।