११ श्रावण २०८१, शनिबार

नेपालको स्वाधिनता निल्ने षड्यन्त्रका साथ साम्राज्यवाद नेपाल प्रवेश गरिसकेको छ : एटम सी

0

चितवन – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा नारायणी ब्युरो इन्चार्ज एटम सीले नेपालको जनवाद र स्वाधिनता निल्ने तरिकाले भूमन्डलीकृत साम्राज्यवाद नेपाल प्रवेश गरेको बताएका छन् । जनपत्रकार सङ्घठन नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै नेता एटम सीले नेपालको स्वाधिनता निल्ने षड्यन्त्रका साथ भूमन्डलीकृत साम्राज्यवाद नेपाल प्रवेश गरेको बताएका हुन् ।

साेमबार चितवनमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा अमेरिका आइसकेको भन्दै त्यसका बिरूद्ध समाजवादी पार्टीबिच सहकार्य आवश्यक भएकाे बताए । ‘भूमन्डलिकृत साम्राज्यवाद सिधै नेपाल छिरिसकेको छ । बाहिर केही मान्छेहरुले प्रचार गरेजस्तो दोश्रो विस्वयुद्धतिर जस्तो तामझामकासाथ सेना हतियार लिएर आउदैन ।’, उनले भने, ‘यो आफ्ना बफादार नेपाली एजेन्ट मार्फत प्रशासनिक राजनीतिक अदालत सबै ठाउँमा प्रवेश गरिसकेको छ।’

भूमन्डलीकृत साम्राज्यवाद, दलाल संसदिय पुँजीवाद बिरुद्धको सघर्षलाई मसिनोगरी तिखार्नुपर्ने बेला आइसकेको भन्दै साम्राज्यवादकाे षड्यन्त्रलाई जनतासामु उदाङ्गो पार्नुपर्ने बताए । उनले आफ्नो पार्टी एकीकृत जनक्रन्तिलाई थप सुदृढ गर्दै नयाँ प्रकृयामा प्रवेश गरेको भन्दै यसको रणनीति र कार्यनीतिलाई पनि नयाँ ढंगले अघि बढाउने प्रकृयामा सिङ्गो पार्टी पङ्ती लागेको बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।