५ जेष्ठ २०८१, शनिबार

जुगेडी संघर्ष दिवस मनाइँदै

0

काठमाडौं: माओवादी धारका कम्युनिस्ट पार्टी र संगठनहरुले असार ६ गते किसान दिवस (जुगेडी किसान विद्रोह दिवस) मनाउने भएका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट किसान संगठनले काठमाडौँ, अनामनगरस्थित संवाद डबलीमा साे दिवस मनाउँदै छ भने विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी चितवनले जुगेडी (घटनास्थल) मा मनाउने भएकाे छ ।
कार्यक्रममा विचार विमर्श हुनेछ भने किसान नेताहरुलाई अभिनन्दन गरिने जानकारी चितवन सचिव रुद्र सीले जनपत्रिका अनलाइनलाई बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।