१२ श्रावण २०८१, शनिबार

बागलुङमा चट्याङ लागेर दिदी र भाइको मृत्यु

0

बुुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका -५ मा चट्याङ लागेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।

शनिबार राति वर्षासँगै परेको चट्याङले ढोरपाटन नगरपालिका -५ पाखापानीका एकैघरका दुई जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

उनका अनुसार स्थानीय चित्रबहादुर विकको घरमा शनिबार राति ८ः३० बजे चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर बच्चाको आमा यमकुमारी विक घाइते भएकी छन्।

‘अहिले ठूलोमात्रमा पानी परिरहेकाले त्यहाँ जान कठिनाई भइरहेको छ,’ केसीले भने, ‘इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट घटनास्थलमा प्रहरी जाँदैछ ।’ चट्याङले घर नजिकै बाँधेको एक भैसी मेरेको छ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।