१२ श्रावण २०८१, शनिबार

बैज्ञानिक समाजवादी पार्टी विभाजन, यस्ता छन फुटका ६ कारणहरु

0

काठमाडौ / बिश्वभक्त दुलाल आहुति नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी बिभाजन भइ समाजवादी मोर्चा नेपाल गठन भएको छ।बैज्ञानिक समाजवादी पार्टीमा राजनैतिक, वैचारिक र सैद्धान्तिक मतभेद बढ्दै गएको, पार्टीको तिन जदुगरी हतियार पार्टी, सेना र जनसत्ताको निर्माण
गर्नु नमान्नु र पार्टीलाई गुटगत रुपमा सञ्चालन गरिएको जस्ता छ ओटा कारण सहित संयोजक आशिष र प्रवक्ता सर्व श्रेष्ठद्वारा आइतबार एक प्रेस बिज्ञपति जारी गर्दै बैज्ञानिक समाजवादी पार्टीसङ्ग सम्बन्ध बिच्छेद गरि समाजवादी मोर्चा नेपाल घोषणा गरिएको हो।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:
नेपाली कम्युनिष्ट आन्दोलनमा विगत ७४ वर्ष देखि नै विभिन्न उतारचढावको बिचमा गुज्रदै आएको आम जन समुदायमा सर्वविदितै छ । यो एक दुःखद क्षण पनि हो र सुखद क्षण पनि रह्यो। मूलतः यो विषय दुई तरिकाबाट नियाल्न सकिन्छ ।
१) मार्क्सवादलाई प्रयोग गर्ने (बल प्रयोगको सिद्धान्त)
२) मार्क्सवादको अपभ्रम्स (संसोधनवाद) ले नै गुट, फुटको स्थिति ल्याएको छ । परन्तु कम्युनिष्टहरु क्रान्तिकारी धारमा नै रहने गर्दछन् र यो नै वास्तविक र साँचो हो । तर कहिलेकाही यो वास्तविकतालाई पनि कम्युष्टि मुकुण्डोधारीहरुले झुट दिन सफल भएका छन् र यसको नमूनाहरु नै कथित कम्युनिष्टहरु दलाल संसदीय व्यवस्थामा चुर्लुम्म डुब्न पुगेको छ । यसैको नमूना नेपाली कम्युनिष्ट आन्दोलनमा पनि देखा परेको यथार्थ छँदैछ । यहाँ परिवेश र परिस्थितिको बिचमा हामी पनि अछुतो रहेका छैनौं । विडम्बनावस् यो घटनाक्रम जारी नै रहेकोले हामी कम्युनिष्टहरु बढी चिन्तित रहनु पर्ने स्थिति रहेको छ । आज हामी एउटा ऐतिहासिक घडीको परिक्षणमा छौं । नेपालको कम्युनिष्ट क्रान्तिकारीहरु एक हुनु पर्ने अवस्था छ । साम्राज्यवाद, दलाल पूँजीवाद र विश्व दलाल अर्थव्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्नु पर्ने छ र यो अविभारा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको काँधमा आएको पनि छ । यसै सन्दर्भमा क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुको विकल्प छैन। जति पनि नेपालको सच्चा क्रान्तिकारी देशभक्त कम्युनिष्ट पार्टीहरु आजको आवश्यकतामा एक ठाउँमा आउनु पनि सक्नु पर्दछ । यहि सन्दर्भमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको स्थापना यो उद्देश्यका साथ भएको थियो कि नेपालमा क्रान्तिकारी शक्तिहरुको क्षीणकरण बन्दै गएको बेला स्थापना भएको पार्टी थियो। नेकपा ( विप्लव) लगायत क्रान्तिकारी शक्तिहरु अप्ठ्यारो परिस्थिति भएको बेला गठन गरी क्रान्तिको कार्यभार सम्हाल्ने उद्देश्यका साथ स्थापना भएतापनि पहिलो राष्ट्रिय भेलाद्वारा पारित दस्तावेज ने द्वैद र भ्रमपूर्ण बनेको थियो । त्यो दस्तावेजलाई क्रान्तिकारी बनाइनु पर्दछ भनी पटक पटक बैठकहरुमा राख्दा उल्टै प्रतिक्रान्तिकारी कित्तामा लैजाने योजनाहरु मात्र भएका कारण हामी क्रान्तिकारी कमरेडहरुले आजको मितिदेखि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालसँगको सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौं । विच्छेद गर्नका कारणहरु :
१. राजनैकि, वैचारिक र सैद्धान्तिक मतभेद बढ्दै जानु ।
२. जनयुद्धको भावना विपरित जानु र अपमान गर्नु ।
३. संधीयताप्रतिको दृष्टिकोण बदल्दै जानु र प्रदेशहरु खारेज गर्दै जानु ।
४. मार्क्सवादको प्रयोग गर्न नमान्नु, पार्टीको तिन जदुगरी हतियार पार्टी, सेना र जनसत्ताको निर्माण
गर्नु नमान्नु
५. साम्राज्यवादीलाई हेर्ने दृष्टिकोण कमजोर हुनु र आजभन्दा एक वर्ष पहिलेको दृष्टिकोण फेर्न नमान्नु ।
६. पार्टीलाई गुटगत रुपमा सञ्चालन गर्नु ।
तसर्थ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालसित सम्बन्ध विच्छेद गरी आजैको मितिबाट वैज्ञानिक समाजवादी मोर्चाको पनि गठन गरेका छौं । यो वैज्ञानिक समाजवादी मोर्चामा आम क्रान्तिकारी, देशभक्त र न्यायप्रेमी जनतालाई गोलबद्ध भई क्रान्तिको कार्यभार पूरा गर्न आव्हान गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।